नेपाल दबाबमा, पावरप्लेमै गुमायो ४ विकेट
नेपालले पावरप्लेमा २४–४को दबाबपूर्ण अवस्थामा थियो। तर, लगत्तै अर्को ओभरमा सन्दीप जोरा पनि आउट र्भपछि नेपाल २६–५को थप दबाबपूर्ण अवस्थामा पुगेको छ।काठमाडाैं, असार ३ : बंगलादेशविरुद्ध १०७ रनको सामान्य लक्ष्य पछ्याइरहेको नेपाल दबाबमा परेको छ। सेन्ट भिन्सेन्टमा जारी खेलमा नेपाल पावर प्लेमै ४ विकेट गुमाउँदा नेपाल दबाबमा परेको हो।
नेपालले पावरप्लेमा २४–४को दबाबपूर्ण अवस्थामा थियो। तर, लगत्तै अर्को ओभरमा सन्दीप जोरा पनि आउट र्भपछि नेपाल २६–५को थप दबाबपूर्ण अवस्थामा पुगेको छ।
नेपालका लागि आसिफ सेखले सर्वाधिक १७ रन बनाए। उनले १४ बलमा ४ चौका प्रहार गरे। त्यसबाहेक कुशल भुर्तेल ४, रोहितकुमार पौडेल र सन्दीप जोराले समान १ रन बनाउँदा अनिल साह डटक आउट भए।
नेपालको इनिङ धरासायी बनाउने क्रममा तन्जिम हसन सकिबले ४ ओभरमा २ मेडनसहित ७ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, मुस्ताफिजुर रहमानले पनि १ विकेट लिए।
प्रकाशित मिति: ०७:४७ बजे, सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओमानका पूर्वकप्तान जिसन मक्सूद कर्णाली याक्समा अनुबन्धआइतबार, मंसिर ९, २०८१
आईपिएल अक्सन : अर्शादीप र चहल पञ्जाबमा आबद्ध हुँदा केएल राहुल दिल्लीमाआइतबार, मंसिर ९, २०८१
ऋषव पन्त बने आईपिएल इतिहासकै महँगा खेलाडीआइतबार, मंसिर ९, २०८१
क्रिकेट खेलाडीलाई नेपाली कांग्रेस स्याङ्जाले गर्यो गदसहित सम्मानआइतबार, मंसिर ९, २०८१