Kathmandu Press

डढेलो नियन्त्रण आजको आवश्यकता

हामीले अहिले वन जोगाउन सकेनौं भने भावि पुस्ताको आशुको श्राप लाग्नेछ। आफ्नै लागि सन्तति, दर सन्ततिको लागि पनि वनको संरक्षण गर्नै पर्दछ। प्रत्येक नागरिकले वन जोगाउन र डढेलोको विषयमा जान्न बुझ्न र सिक्न अपरिहार्य छ।
डढेलो नियन्त्रण आजको आवश्यकता

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाँउपालिका ̵४ महादेवटारमा जंगलबाट शुरु भएको आगो बस्तीमा पुग्दा १४ घरमा क्षती भएको छ, सप्तरीको महदेवा चिम्टीमाा आगलागी हुँदा करीब २०० घर खरानी भएको छ, यी त प्रतिनिधी घटना मात्र हुन् । २०८० चैत्र मसान्तको तथ्याकंले जनाए अनुसार नेपालमा यस मौसममा करिब दुइ हजार सात सय भन्दा बढी वन क्षेत्रमा डढेलो लागेको छ।

वैशाखको दोस्रो हप्तासम्म आइपुग्दा थप ५ सय बढी स्थान डढेलोको प्रकोपमा परेको छ । तथ्याङ्क अनुसार अघिल्लो वर्ष यसै समयमा १ सय ८८ स्थानमा मात्र डढेलोको प्रकोप थियो । सुख्खा मौसममा डढेलोकोे सम्भावना व्यापक हुन्छ । वन विनासको प्रमुख कारणमध्ये डढेलो प्रमुख हो। वर्षौदेखि जोगाएर राखेको वनरुपी धन डढेलोको कारण क्षणभरमै सखाप हुने खतरा पैदा हुन्छ । वन व्यवस्थापनको प्रमुख चुनौती पनि यहि नै हो। डलेलोको कारण वन जंगल मात्र होइन सम्पुर्ण चराचर जगतमै प्रत्यक्ष रुपमा नकारात्मक असर परेको छ।

जलवायु परिवर्तनको कारक तत्वको रुपमा वनमा लागेको डडेलो पनि हो । चराचुरुगीं, वन्यजन्तु, जडीबुटी लगाएत पृथ्विमा रहेका हरेक प्राणीहरुको अस्तित्वमाथि खतरा मडारीएको छ । वर्षेनी लाग्ने डढेलोको कारण जैविक विविधतामाथि परेको अपुरणीय क्षतिको आकलन गर्न पनि सकिदैन साथै वन जंगल विना मानव विकासको परिकल्पना गर्न पनि मुस्किल छ।

Hardik ivf

मुख्यतया डढेलो दुई कारणले हुने गर्दछ– प्राकृतिक र मानविय । बाढी, पहिरो, भुकप्प, ज्वालामुखी, डढेलो जस्ता प्राकृतिक विनासमा डढेलो चाँहि मानवनिर्मित विनास हो भन्दा खासै फरक पर्दैन। नेपालमा प्राकृतिक रुपमा जस्तै हावाहुरी, चट्याङ्ग, भुकम्प, ज्वालामुखी जस्ता प्राकृतिक प्रकोपको कारण लाग्ने डढेलो न्युन रहेको छ वा खासै छैन भन्दा पनि हुन्छ। अधिकाशं डढेलोको कारण मानविय लापरवाही नै हो।

Web-post(29)-1714455693.jpg

पछिल्लो समय व्यापक रुपमा फैलिएको अवस्थामा यसले भावि पुस्तामा समेत ठुलोे नकरात्मक असर पर्ने स्पष्ट हुँदै गइरहेकोले बेलैमा यसको रोकथामको लागि प्रत्येक मानवजातीको सकृय भूमिका अपरिहार्य भइसकेको छ। वन क्षेत्रमा रहेको गोठ र कृषि क्षेत्रमा काडाँ लगाएत अन्य वस्तु जलाउँदाको असावधानीको कारण दुर्घटना हुने सम्भावना रहन्छ। सुख्या याममा वन क्षेत्रमा धुम्रपान गर्नेे व्यक्तिको कारण पनि डढेलो लागेको छ। केही अराजक तत्वहरुपनि डढेलो लगाउन उद्यत रहन्छन् । केही समय अघिसम्म मानव स्वार्थको कारण बस्ती बसाउन, दाउरालगायत वन पैदावर प्रयोगको लागि, जंगली जनावरको शिकारको लागि पनि नियोजित र संगठीत रुपमा वन क्षेत्रमा डढेलो लगाइन्थ्यो। तर हाल संगठित रुपमा कमी आएता पनि केही उश्रृखल व्यक्तिहरुले नियोजित रुपमा केहि स्थानमा यस्तो गतिविधी गरेता पनि मुख्यतया मानव लापरवाही नै डढेलोको कारक तत्व हो । वनभोजलगायत मनोरञ्जनको लागि वन क्षेत्रमा आगो बाली गरिने व्रिmयाकलाप पनि एक कारण हो । मानविय रुपमा हुने दुर्घटनामा प्रमुख र कारक तत्व भनेको लापरवाही नै हो।

वन डढेलो व्यवस्थापन नीति २०६७ काजगमै सिमित छ । पछिल्लो समय वनमा डढेलो व्यवस्थापनमा सरोकारवालाहरुको भूमिका खासै उपलब्धिमुलक देखिएको छैन केहि कर्मकाण्डी क्रियाकलाप बाहेक । यसको रोकथामको लागि प्रत्येक नागरिक सचेत, जागरुक र चेतनशिल हुनै पर्दछ । मानिसको लापरवाही बाटै डढेलो लाग्ने भएकालेनै गर्दा सावधानी र सर्तकताले नै यसको व्यवस्थापन हुन पर्दछ । प्रत्येक वन क्षेत्रमा अग्नी रेखाको व्यवस्थापनमा ध्यान पु¥याउनु पर्दछ र नियमित रुपमा उक्त क्षेत्रको अनुगमन, निरिक्षण र समुचित साथै सहि अवस्थामा राख्नुपर्दछ।

वन क्षेत्रमा प्रज्वलनशिल पदार्थको ओसार प्रसारमा कढिकाडाई गरिनु पर्दछ। वन क्षेत्र धुम्रपान निषेधित क्षेत्रको रुपमा घोषणा गरि पुर्णरुपमा कार्यान्वयन गर्नुपर्दछ। वनमा जानाजान वा अन्जानमै पनि लापरवाहिको कारण आगलागि गर्ने गराउनेलाई सख्त कारबाही हुनुपर्दछ। सुख्खा मौसममा वन क्षेत्रमा चल्ने सवारी साधनको नियमित अनुगमन र विशेष निगरानी गरिनुपर्दछ। वनभोजलगायत वन क्षेत्रमा मनोरञ्जनको लागि गरिने क्रियाकलाप, गतिविधीहरुमा विषेश ध्यान पुर्‍याई व्यववस्थापन गरिनुपर्छ।
 
डढेलो लाग्नबाट जोगाउन सम्पुर्ण संयन्त्रलाई तयारी अवस्थामा राखिनुपर्दछ। यदि आगो लागिहालेको अवस्थामा सरकारी तथा सरोकारवाला निकायमा तुरुन्तै सूचना तथा जानकारी प्रदान गर्नु प्रत्येक नागरिकको कर्तव्य हो। कोही कसैले वनमा आगो लागेको देखेमा एक्लै निभाउने चेष्टा गर्नु हुदैन, कम्तिमा वरीवरी कोहि कसैको सहयोग लिनु पर्द । नियन्त्रणको लागि स्थानिय स्तरमा दमकल लगाएत विपत व्यवस्थापनको लागि जनशक्तिको जगेडा व्यवस्थापन गरि अध्यावधिक गरिरहनुपर्दछ । सकृय वन व्यवस्थापनको अभावले आगलागीको घटना नियन्त्रणमा कठिनाई परेको छ।

वन पैदावरको उपभोगमा कमि आएसंगै वन क्षेत्रमा सुकेका पत्करलगायत काठहरुको व्यवस्थापन नभएको कारण पनि जंगलमा आगलागि नियन्त्रण गर्न समस्या छ । परम्परागत तथा आधुनिक विधीहरु प्रयोग गरि नियन्त्रण गर्नु उपयुक्त हुनेछ । सम्भव र भ्याएसम्म वनमा नियत्रित आगलागी, अग्नीरेखाको निर्माण तथा नियमित मर्मत, विपरित दिशाबाट आगलागी गराउने, ढुङ्गे पर्खाल निर्माण जस्ता परम्परागत पद्धति तथा आधुनिक रुपमा फायर अर्लट प्रणाली, नियमित घुमन्ते रेकी, पात पतिङ्गर व्यवस्थापन, पुराना तथा सुकेका रुख, काठहरुको व्यवस्थापन गर्न जरुरी छ।  

jungle-fire-dadhelo-1707036907.jpg

सरकारी निकाय, स्थानीय निकाय, गैहृसरकारी सामाजिक संस्था, सामुदायिक वन उपभोक्त समुह, समुदायलगायत सम्पुर्ण जनहरुको सामुहिक प्रयास र सकृयताबाट मात्र सम्भव छ । सामुदायिक वन उपभोक्ताहरुको सकृयता जरुरी छ । आफ्नो नजिकैको वन रक्षाको लागि आफैँ लाग्नु र जाग्नु पर्दछ । वन विनाशले निम्त्याउने भयावह अवस्थाको कल्पना समेत गर्न सकिँदैन।

अहिल्यै हामिले वायु प्रदुषण र जलको हाहाकार देख्दै र भोगिरहेका छौं भने भोलिका दिनमा वन जंगल घट्दै जाने हो भने हविगत के होला? हामीले अहिले वन जोगाउन सकेनौं भने भावि पुस्ताको आशुको श्राप लाग्नेछ। आफ्नै लागि सन्तति, दर सन्ततिको लागि पनि वनको संरक्षण गर्नै पर्दछ। प्रत्येक नागरिकले वन जोगाउन र डढेलोको विषयमा जान्न बुझ्न र सिक्न अपरिहार्य छ।

स्कुल, कलेज, विश्वविद्यालय, सामजिक संस्था, टोल, समाज हरेक तह र तप्काका मानिसहरुमा डढेलो र यसको प्रभावको विषयमा शिक्षा, सूचना र सचेतना पुर्‍याउनै पर्दछ। अभिमुखिकरण र तालिम संचालन गरि जनशक्ति निर्माण गरी डढेलो नियन्त्रण र निराकरण गर्नको लागि सम्बन्धित निकायहरुले विशेष कार्यव्रmम संचालन गर्नु आवश्यक भैसकेको छ। नेपालक धेरै स्थानमा डढेलो लागिरहेको छ, सम्पुर्ण देशवासीहरु यसको नियन्त्रणमा आ ̵ आफ्नो स्थानबाट संयूक्तरुपमा लाग्नु अहिलेको आवश्यकता हो।

प्रकाशित मिति: २१:३५ बजे, मंगलबार, वैशाख १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्