Kathmandu Press

बालकविरुद्ध हुने हिंसा अन्त्यका लागि सामूहिक अभियान सुरु

प्रत्येक वर्षको अप्रिल १६ तारिखका दिन मनाइने विश्व नीलो छाता दिवस २४ का अवसरमा एक कार्यक्रमको आयोजना गरी बालकहरुमाथि हुने सबैखाले हिंसा विरुद्ध एकजुट हुने प्रतिबद्धता जनाएका हुन्। 
बालकविरुद्ध हुने हिंसा अन्त्यका लागि सामूहिक अभियान सुरु

काठमाडौं, वैशाख १८ : बालकविरुद्ध हुने हिंसाका लागि नेपालका आठ संस्थाले सामूहिक अभियान शुरु गरेका छन्।

प्रत्येक वर्षको अप्रिल १६ तारिखका दिन मनाइने विश्व नीलो छाता दिवस २४ का अवसरमा एक कार्यक्रमको आयोजना गरी बालकहरुमाथि हुने सबैखाले हिंसा विरुद्ध एकजुट हुने प्रतिबद्धता जनाएका हुन्। 

‘हामी साथीभाइ’ नामक संस्थाको संयोजन र क्याम्पेनिङ फर चेन्ज संस्थाको सह संयोजनमा भएको ‘भाइलेन्स अगेन्स ब्याइज’ अर्थात बालकविरुद्ध हुने हिंसाका सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानमा हाल आठवटा संस्था आबद्ध भइसकेका छन्।

Hardik ivf

क्याम्पेन फर चेन्जका कार्यकारी निर्देशक एवम अभियानका सह संयोजक ईशान रेग्मीले अप्रिल १६ तारिखका दिनदेखि शुरु गरिएको बालकहरु माथि हुने हिंसा विरुद्धको अभियानमा स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एकिकृत क्रियाकलापबाट अभियानलाई शसक्त बनाइने बताए। 

अभियानमा आवद्ध सिविन नेपालका सदस्य सागर भण्डारीले केटा मान्छे सँधै सुरक्षित छ भन्ने भाष्यलाई चिर्न र उनीहरुमाथि हुने सबैखाले हिंसा एवम् दुर्व्यवहार न्यूनीकरण गर्न अभियान शुरु गरिएको बताए।

‘केटा मान्छे सुरक्षित छ, शक्ति प्रदर्शक हो, आफ्नो समस्या आफैं समाधान गर्न सक्छ भन्ने बुझाइमा सिमित रहँदा बालकहरुले हिंसा व्यहोरिरहेका छन्। यौन शोषण र दुव्र्यवहार व्यहोरिरहेका छन्। अनलाइनबाट हुने यौन दुर्व्यवहार वालिका भन्दा बालक बढी रहेको तथ्यांक छ। यस्तो अवस्थामा हामी एकजुट हुनु जरुरी छ,’ उनले भने।

भ्वाइस अफ चिल्ड्रेनकी सदस्य एवम अभियन्ता कृति भट्टराईले ‘ब्लु अम्रेला डे’ अर्थात नीलो छाता दिवसका बारेमा जानकारी दिंदै बालकहरु निश्चित ठाउँमा नभइ जहाँसुकै दुव्र्यवहार र यौन हिंसाको शिकार भइरहेको बताइन्।

उनले विश्वका ८५ प्रतिशत सडक बालकहरु यौन दुर्व्यवहारमा पर्ने गरेको जानकारी दिइन्। ‘बालिकाहरुको तुलनामा बालकहरुको उजुरी कम पर्ने गरेको र बालकहरुको अनुभवलाई साधारण रुपले लिने गरेको पाइन्छ। कुनैपनि हानिकारक र जोखिमयुक्त तरिकाबाट लिइँदैन। तथापी हिंसाका घटनाहरु भने बढिरहेका छन्,’ उनले भनिन्।

नेपाल प्रहरी महिला वालवालिका जेष्ठ नागरिक सेवा निर्देशानलयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७९।०८० मा ३३ जना बालकहरु यौन हिंसाको शिकार भएको पनि कार्यक्रममा जानकारी गराइयो। विश्वभर १३ जना बालकमध्ये एक जना वालक १८ वर्ष हुनुअघि नै यौन हिंसाबाट प्रभावित हुने गरेको अनुमान गरिन्छ। 

मंगलबार आयोजित कार्यक्रममा बालकमाथि हुने सबैखाले हिंसा न्यूनीकरणका लागि ‘नेसनल नेटवर्क फर इन्डिङ भाइलेन्स अगेन्स ब्वाइज (भ्याब नेटवर्क) को लोगो पनि सर्वजनिक गरिएको छ।

कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बम बहादुर बानियाँ, राष्ट्रिय बाल अधिकार परिषदका पूर्व कार्यकारी निर्देशक मिलन धरेल, अभियानमा सन्जोग ठकुरीलगायतले अभियानका आवश्यक्ता र महत्वका बारेमा धारणा राखेका थिए। 

प्रकाशित मिति: १६:०३ बजे, मंगलबार, वैशाख १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्