Kathmandu Press

'प्रचण्डज्यु, कांग्रेसले जंगलबाट राजनीतिमा ल्याएको बिर्सिनुभयो?'

'प्रचण्डज्यु, कांग्रेसले जंगलबाट राजनीतिमा ल्याएको बिर्सिनुभयो?'

काठमाडौं, जेठ ७ः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसदमा दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको भन्दै प्रतिवाद गरेको छ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बेला आक्रोशपूर्ण अभिव्यक्ति दिएको सन्दर्भमा कांग्रेसको यस्तो भनाई आएको हो। प्रचण्डले विश्वासको मत लिने बेला कांग्रेसलाई ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए। संसद बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन आयोजना गर्दै प्रचण्डको भनाईको कडा प्रतिवाद गरेको हो।

Hardik ivf

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै आफूहरुले पटकपटक सहयोग गरेको बिर्सिएको बताए।

‘भोटको राजनीतिमा आएपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौं। तपाईंलाई जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को हो? बिर्सिनुभयो प्रधानमन्त्री ज्यु? हतियारको बलमा परिर्वतन गर्छु भनेर हिँड्नुभएको तपाईलाई शान्तिमा कसले ल्याएको हो बिर्सिनुभयो?’ लेखकले पत्रकार सम्मेलनमा भने, ‘हामीले के मूल्य चुकाउनुपर्छ? तपाईंहरु गैरजिम्मेवार भएर जाने, ७३ लाख सहकारी बचतकर्ताको रकमको सुनिश्चिचता छैन। त्यसमा संलग्न भएकाहरुमाथि कराबाही गर्ने योजना छैन। अनि नेपाली कांग्रेसविरुद्ध गैरजिम्मेवार ढंगले लाञ्छना लगाउने? यस्तो बोल्न बन्द गरिदिनुस्।’

कांग्रेसले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा सभामुखको भूमिका पदीय गरिमा अनुकूल नभएको ठहर समेत गरेको छ।

प्रकाशित मिति: १५:५५ बजे, सोमबार, जेठ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्