Kathmandu Press

गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै राँके जुलुस

उनीहरुले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने, गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन हुनुपर्ने लगायत माग गरेका छन्।
गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै राँके जुलुस
Hardik ivf

काठमाडौं, जेठ ७ : सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने माथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठन तरुण दल र नेपाल विद्यार्थी संघले राँके जुलुस निकालेका छन्।

तरुण दल र नेविसंघका कार्यकर्ताले सोमबार साँझ बत्तीसपुतलीमा राँके जुलुस निकालेका हुन्। उनीहरुले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने, गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन हुनुपर्ने लगायत माग गरेका छन्।

कांग्रेसले सडक र सदन दुवैबाट सहकारी रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय समिति बनाएर छानविन गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएको छ। 

प्रकाशित मिति: २०:२० बजे, सोमबार, जेठ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्