Kathmandu Press

‘दलहरुबीच सहमति नभइ शान्ति प्रक्रियाको काम निष्कर्ष पुग्दैन’

मुलुकको आन्तरिक मामिलामा चलखेल गरेर उनीहरुले शान्ति प्रक्रियाको बाँकी कामलाई अघि बढाउन नदिएको बताउँदै उनले एउटा वा दुई वटा दलले मात्रै चाहेर मुलुकको शान्ति प्रक्रियाको कामले पूर्णता नपाउने बताए।
‘दलहरुबीच सहमति नभइ शान्ति प्रक्रियाको काम निष्कर्ष पुग्दैन’
फाइल तस्बिर।
Hardik ivf

काठमाडौं, जेठ ७ : नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले  राजनीतिक दलहरुबीच कम्तिमा पनि सहमति नभई शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्ने बताएका छन्। 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रिय सहमति आवश्यक रहेको बताउँदै उनले विश्वमा शान्ति नचाहने शक्तिहरुले नेपालमा पनि शान्ति प्रक्रियालाई भड्काउने प्रयास गरिरहेको दाबी गरे।

मुलुकको आन्तरिक मामिलामा चलखेल गरेर उनीहरुले शान्ति प्रक्रियाको बाँकी कामलाई अघि बढाउन नदिएको बताउँदै उनले एउटा वा दुई वटा दलले मात्रै चाहेर मुलुकको शान्ति प्रक्रियाको कामले पूर्णता नपाउने बताए।

प्रकाशित मिति: २०:५५ बजे, सोमबार, जेठ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्