Kathmandu Press

नेप्से परिसूचकमा १ दशमलव २८ प्रतिशतको गिरावट

काठमाडौं, चैत ५ : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक १६ दशमलव २६ अंकले घटेर १२५५ दशमलव ८० को विन्दुमा बन्द भएको छ। 

दोस....

नेप्से परिसूचकमा १ दशमलव २८ प्रतिशतको गिरावट

काठमाडौं, चैत ५ : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक १६ दशमलव २६ अंकले घटेर १२५५ दशमलव ८० को विन्दुमा बन्द भएको छ। 

दोस्रो बजार १ दशमलव २८ प्रतिशतले घटेकोे छ। १२७२ दशमलव १० को विन्दुमा खुलेको दोस्रो बजार १२८६ दशमलव ९७ को उच्च विन्दुसम्म पुगेको थियो। 

बजारको न्यून विन्दु १२३४ दशमलव १६ रहँदा दिनभरमा १ अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम अघिल्लो दिनभन्दा घटेको छ।

Hardik ivf

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ३१ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले कमाए भने विशाल बजार कम्पनीका शेयरधनीले सर्वाधिक ६ दशमलव ०२ प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक विश्लेषण 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति


 

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार हाल बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आजको मैनबत्तीले बजारमा विक्रेताको चाप कम हुन सक्ने संकेत गरे पनि अर्को दिनको मैनबत्तीलाई पनि हेर्नु पर्ने हुन्छ। आजको परिमाण भने प्रभावकारी देखिँदैन।  

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन घट्दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहीन रहेको छ।

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४७ दशमलव ३० अंकमा रहेको छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा शेयर बढी विक्री हुन सक्ने संकेत गरेको छ। 

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा यदि बजार १२६५ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध १२८५ को क्षेत्रमा रहेको देखिन्छ।

त्यस्तै, यदि बजार १२५० भन्दा तल स्थिर रहेमा बजार केही नकारात्मक क्षेत्रमा हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा १२३५ को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १९:२१ बजे, बुधबार, चैत ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्