जङ्गी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी हुने
प्रदर्शनीबाट सैनिकसम्बन्धी पोशाक, ब्याण्ड, हवाइ सेवा, घोडचढी, जङ्गल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी प्राप्त गर्न सकिने बताइएको छ।
काठमाडौं, माघ ७ : नेपाली सेनाले आफ्नो स्थापना दिवसका अवसरमा माघ ९ गतेदेखि १३ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्वीर र युनिट विशेष प्रदर्शनी सञ्चालन गर्नेभएको छ।
प्रदर्शनीमा सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्वीर, हातहतियार र उपकरणको प्रदर्शनी गरिने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए।
प्रदर्शनीबाट सैनिकसम्बन्धी पोशाक, ब्याण्ड, हवाइ सेवा, घोडचढी, जङ्गल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी प्राप्त गर्न सकिने बताइएको छ।
सेनाद्वारा सञ्चालित विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायतका गतिविधि र श्रव्यदृश्य सामग्रीको समेत प्रदर्शनी हुने जानकारी दिइएको छ।
आमनागरिकलाई नेपाली सेनासम्बन्धी विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए।
प्रदर्शनी अवलोकनकर्तालाई माघ ९ गते दिउँसो २ देखि ५ बजेसम्म तथा माघ १० गतेदेखि १३ गतेसम्म १० बजेदेखि अपराह्न ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था ।
प्रदर्शनीबाट सर्वसाधारण र विद्यार्थीलाई सेनाका विभिन्न गतिविधिबारे जानकारी लिन सजिलो हुनेछ।









![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)


