Kathmandu Press

मिलरको सानदार पारीका बाबजुद कर्णाली सुदूरपश्चिमसँग पराजित

शुक्रबार दिउँसो टियू मैदानमा भएको खेलमा मिलरले नटआउट ९३ रन बनाए पनि कर्णाली सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भयो।
मिलरको सानदार पारीका बाबजुद कर्णाली सुदूरपश्चिमसँग पराजित

काठमाडाैं, कात्तिक २० : एनिपएलको डेब्यू खेलमै डेविड मिलरले सानदार पारी खेलेपनि उनको टिम कर्णाली याक्स पराजित भएको छ। शुक्रबार दिउँसो टियू मैदानमा भएको खेलमा मिलरले नटआउट ९३ रन बनाए पनि कर्णाली सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भयो।

१७७ रनको लक्ष्य पछ्याएको कर्णालीले ७ विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सक्यो। उसका लागि मिलर बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्। उनले ५५ बलमा ७ छक्का र ५ चौका मद्दतमा उनले नटआउट ९३ रन बनाए। उनने इशान पाण्डेको अन्तिम ओभरमा ४ छक्का प्रहार गरेका थिए। योसँगै उनी एनपिएलमा डेब्यू खेलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।

उनी बाहेक दीपक डुम्रेले १२ बलमा १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। बलिङमा सुदूरपश्चिमका स्कट कुगुलेइनले २ तथा हेमन्त धामी, अनिल खरेल, दीपेन्द्रसिंह ऐरी, थरिन्डु रत्नानायके र अविनाश बोहराले समान १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनायो।

सुदूरपश्चिमका लागि ओपनर सैफ अली जैबले सर्वाधिक ३५ रन बनाए । २४ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । विनोद भण्डारी २२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २७ रन जोडे। सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । तर आठौं ओभरमा विनोद र नवौँ ओभरमा जैबको विकेट गएपछि सुदूरपश्चिमले नियमित अन्तरमा विकेट गुमायो।

यस्तै ब्राण्डन म्याकमुलेनले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रन बनाउँदा इशान पाण्डेले १३ बलमा ३ छक्का प्रहार गर्दै २३ रन जोडे । कप्तान दीपेन्द्र सिंह ऐरी १० र आरिफ शेख ११ रनमा आउट भए।

कर्णालीका मार्क वाटले २ विकेट लिए। नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले समान १ विकेट लिए।

जितपछि सुदूरपश्चिमा ५ खेलमा ६ अंक जाड्दै दोस्रो स्थानमा उक्लिएको छ। यता, कर्णालीले भने लगातार २ हारपछि ४ अंकाका साथ पाँचौं स्थानमा छ।


 

प्रकाशित मिति: १६:३६ बजे, शुक्रबार, कात्तिक २०, २०८३
थप समाचार
एनपीएलमा आज दुई खेल हुँदै
एनपीएलमा आज दुई खेल हुँदै