टाइगर कप भलिबलको उपाधि एपिएफ र हेल्प नेपाललाई
चौथो टाइगर कप भलिबलमा एपिएफले महिला र हेल्प नेपालले पुरुषतर्फको उपाधि जितेका हुन्।
कास्की, माघ ६ : पोखरामा भएको चौथो टाइगर कप भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपिएफ र हेल्प नेपालले जितेका छन्। एपिएफले महिला र हेल्प नेपालले पुरुषतर्फको उपाधि जितेका हुन्।
शनिबार भएको पोखरा रंगशालामा फाइलनमा न्यु डायमन्ड क्लबलाई ३–०को सोझो सेटमा हराउँदै एपिएफले उपाधिमा ह्याट्रिक गरेको हो।
पहिलो सेट २५–२० ले जितेको एपीएफले दोस्रो सेट पनि २५–१८ र तेस्रो सेट २५–२१ ले जित्यो उपाधि उचाल्यो।
पुरुष तर्फको उपाधि जित्ने क्रममा हेल्प नेपाल स्पोर्ट्स क्लबले घरेलु टोली गण्डकीलाई ३–१ को सेटमा हरायो।
पोखरा रंगशालामा हेल्प नेपालले पहिलो र दोस्रो सेट क्रमशः २५–१३ र २५–१८ ले जित्यो। तेस्रो सेट २५–२३ ले जित्दै गण्डकीले पुनरागमन आशा जगायो। तर, चौथो सेट २५–१७ ले जित्दै हेल्प नेपाल च्याम्पियन बन्यो।
पाकिस्तानका राष्ट्रिय खेलाडी ३ खेलाडी खेलाएको हेल्प नेपाललेको टाइगर कपको पहिलो उपािध हो।
उपाधि विजेता दुवै टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ हात पारे भने उपविजेता बनेका न्यु डायमन्ड र गण्डकीले समान २ लाख ५५ हजार ५५५ रुपैयाँ पाए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










