१२ करोड लगानीमा बनेपामा खुल्यो इभेन्ट म्यानेजमेन्ट भेन्यू [तस्बिरहरू]
करिब १२ करोड लगानीमा बनेपा–७ मा लोटस इभेन्ट एण्ड रिसेप्सन प्रा.लि.ले सुविधा सम्पन्न इभेन्ट म्यानेजमेन्ट भेन्यू सञ्चालनमा ल्याएको हो।![१२ करोड लगानीमा बनेपामा खुल्यो इभेन्ट म्यानेजमेन्ट भेन्यू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover-1705752655.jpg)
काभ्रे, माघ ६ : काभ्रेको बनेपामा सुविधा सम्पन्न इभेन्ट म्यानेजमेन्ट भेन्यू सञ्चालनमा आएको छ। करिब १२ करोड लगानीमा बनेपा–७ मा लोटस इभेन्ट एण्ड रिसेप्सन प्रा.लि.ले सुविधा सम्पन्न इभेन्ट म्यानेजमेन्ट भेन्यू सञ्चालनमा ल्याएको हो।

आईटी पार्कमा रहेको लोटस रिसेप्सनमा एकै पटक २ हजार ५ सय बढीले सेवा लिन सक्ने भौतिक संरचना रहेको रिसेप्सनका सञ्चालक रामइन्द्र न्यौपानेले जानकारी दिए। फरक र गुणस्तरीय सेवा दिन आफूहरु तत्पर रहेको उनले बताए।

रिसेप्सनलाई जिल्लाकै उत्कृष्ट, गुणस्तरीय इभेन्ट, सभासम्मेलन, गोष्ठी, मेलाजस्ता कार्यक्रम आयोजना गर्ने उपयुक्त गन्तव्य बनाउने उद्देश्य रहेको उनले जनाए। १० हजार वर्गफिटमा फैलिएको रिसेप्सनमा सय कार र २ सय मोटरसाइकल एकै पटक पार्किङ गर्न सकिनेछ।















प्रकाशित मिति: १७:५७ बजे, शनिबार, माघ ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












