पानीमा आश्रित चराको गणना चितवनमा सम्पन्न
बसाइँसराइ गरी नेपाल आउने पानीमा आश्रित चराको गणना चितवन राष्ट्रिय निकुञ्जको कसराको पुर्ब क्षेत्र र पश्चिम क्षेत्रमा विभाजन गरेर राप्ती नदी नारायणी नदी र विभिन्न ताल तलैयाहरुमा गरीएको बर्ड एजुकेसन सोसाईटी चितवनका अध्यक्ष टिकाराम गिरीले बताए।चितवन, माघ ६ : पानीमा आश्रित चराको गणना चितवनमा सम्पन्न भएको छ।
बसाइँसराइ गरी नेपाल आउने पानीमा आश्रित चराको गणना चितवन राष्ट्रिय निकुञ्जको कसराको पुर्ब क्षेत्र र पश्चिम क्षेत्रमा विभाजन गरेर राप्ती नदी नारायणी नदी र विभिन्न ताल तलैयाहरुमा गरीएको बर्ड एजुकेसन सोसाईटी चितवनका अध्यक्ष टिकाराम गिरीले बताए।
उक्त चरा गणनामा चराबिज्ञहरुको बिभिन्न टोली बनाएर गरीएको थियो। जनवरी ७ देखि भएको चरा गणनाले चितवनको पुर्बी क्षेत्रमा पानी आश्रित ५३ प्रजातीका चरा भेटीएको उनले बताए। पुर्बी चितवनको लोथरको गैडहवा जिन्दगानी घाट देखि पटना तालसम्म गरीएको थियो चरा गणना कै क्रममा चितवन राष्ट्रिय निकुञ्जको कसरा पुल देखि पश्चिम क्षेत्रमा ६१ प्रजातीको पानी चरा भेटिएको छ।
चरा गणना दिब्यनगर राप्ती नदी गोला घाट माडीको बगई देखि रिउ नदीको दोभान सम्म गरिएको पश्चिम क्षेत्रका टोली प्रमुख मनिष कुमार लिम्मुले बताउनु भयो। जस मध्य पानी हास चेखेवाको सख्या सबै भन्दा धेरै रहेको पाइएको छ भने जलकौवा खोया हास लक्ष्मण सारस र भुडीफोर गरुड लगाएतका करीब १४ हजार पानीमा आश्रित चरा भेटीएको लिम्बुले बताए।
गणनाको क्रममा गत बर्ष नभेटीएका ४ प्रजाती चरा पुर्बी क्षेत्रमा भेटिएको छ। तिलहरी चरा मसिनो ठुडे टिमटिमा नादुन हास र चित्रांगद गत बर्ष भेटिएको थिएन। पानीमा आश्रीत चराको गणना सन् १९८७ देखि नेपाल लगाएत दक्षिण पूर्वी एसियाको ३५ देशमा प्रत्येक बर्षको जनवरी महिनामा एकैसाथ गरिँदै आएको छ।