रुपन्देहीमा टिपर दुर्घटनामा परी दुईजनाकाे मृत्यु
दुर्घटनामा परी मृत्यु हुनेमा माथागढ़ी गाउँपालिका-६ रहबासकी ३५ वर्षीया भिमिसरा सारु र उनकी ६ वर्षीया छोरी सस्वती रहेकाे जनाइएकाे छ।
रूपन्देही, माघ ५ : रुपन्देहीमा सवारी दुर्घटनामा परी दुईजनाकाे मृत्यु भएकाे छ। रुपन्देहीकाे देवदह नगरपालिका-६ स्थित गिद्धे भिरमा लु२ख ४५०९ नम्बरको टिपर बिहीबार साँझ दुर्घटना हुँदा दुईजनाकाे मृत्यु भएकाे हाे। उनीहरू आमाछोरी रहेको बताइएकाे छ।
दुर्घटनामा परी मृत्यु हुनेमा माथागढ़ी गाउँपालिका-६ रहबासकी ३५ वर्षीया भिमिसरा सारु र उनकी ६ वर्षीया छोरी सस्वती रहेकाे जनाइएकाे छ।
देवदहको खैरेनीदेखि पाल्पाको माथागढी बालुवा लिएर जाँदै गरेको उक्त टिपर विपरीत दिशाबाट आउँदै गरेको सवारीलाई साइड दिने क्रममादुर्घटनामा परेको थियो।
टिपर चालक देवदह-७ का २७ वर्षीय सुकदेव वारखरे र माथागढ़ी गाउँपालिका-६ की २२ वर्षीया सृजना सारु घाइते भएका छन्।
प्रकाशित मिति: १५:५३ बजे, शुक्रबार, माघ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार