रहेनन् वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्य
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि केही समय नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नक्सालमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ।
काठमाडौं, माघ ५ : वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे बिहीबार राति निधन भएको छ। लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उनको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उपचारका क्रममा राति १२ः३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि केही समय नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नक्सालमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ।
करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिनुभएका उहाँ पछिल्लो समय पक्षघातसम्बन्धी समस्या समेत झेलिरहनुभएको थियो। गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित थिए।
२००३ मा नरदेवीमा जन्मनुएका उहाँको पहिलो रचना ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाई सारा’ बोलको गीत गीत निकै लोकप्रिय छन्। राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति समेत प्रकाशित छन्। उहाँका श्रीमती, दुई छोरी र एक छोरा छन्।









![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)


