तीन देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
शुक्रबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा भारतका राजदूत सुधाकर दलेला, लाओसका राजदूत भिथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगेलले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।
काठमाडौं, कात्तिक २० : भारतसहित तीन देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
शुक्रबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा भारतका राजदूत सुधाकर दलेला, लाओसका राजदूत भिथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगेलले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।
भारतका राजदूत दलेला नेपालका लागि आवासीय राजदूत हुन् भने लाओस र पानामाका राजदूत गैरआवासीय राजदूत हुन्।
नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो। प्रमाणपत्र पेस गर्ने समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
प्रकाशित मिति: १७:३१ बजे, शुक्रबार, कात्तिक २०, २०८३
थप समाचार





