Kathmandu Press

मेसलाई लिएर नेपाल मेडिकल कलेज अस्पतालका विद्यार्थीकाे निरन्तर धर्ना

कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले एक वर्षको अग्रिम खाना शुल्क लिएपनि गुणस्तरहिन खाना खुवाएको र मेस अनिवार्य गरेको भन्दै नवौं दिन पनि धर्नामा बसेका हुन्।
मेसलाई लिएर नेपाल मेडिकल कलेज अस्पतालका विद्यार्थीकाे निरन्तर धर्ना

काठमाडौं, माघ ५ : काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरुले कलेजको मेसलाई लिएर निरन्तर धर्ना दिएका छन्।

कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले एक वर्षको अग्रिम खाना शुल्क लिएपनि गुणस्तरहिन खाना खुवाएको र मेस अनिवार्य गरेको भन्दै नवौं दिन पनि धर्नामा बसेका हुन्।

उनीहरुले अनिवार्य मेस हटाउनुपर्ने, मेसमा कार्ड सिस्टम लागू गर्नुपर्ने माग राखेका छन्। प्रशासनले अनिवार्य राखेको मेसमा पारदर्शीता समेत नभएको उनीहरुले जनाएका छन्। एक वर्षमा खानाका लागि डेड लाख रुपैया तिरेपनि मेसको व्यवस्था भने सन्तोषजनक नभएको उनीहरुको भनाइ छ।

कलेजले मेस सुधार गरेको भने पनि विविध विषयमा दुई सय विद्यार्थीको माग सम्बोधन हुन नसकेकाले धर्ना बस्नुपरेको विद्यार्थीहरुको भनाइ छ।  

NMC-student-birodh---frame-at-0m3s-1705652329.jpg

प्रकाशित मिति: १४:०४ बजे, शुक्रबार, माघ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्