बोक्सी आरोप लगाउँदै हत्या गरी फरार रहेका दुई जना १५ वर्षपछि पक्राउ
पक्राउ पर्नेमा काभ्रेका ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले जनाएको छ।
काठमाडौं, माघ ५ : बोक्सी आरोप लगाउँदै हत्या गरी फरार रहेका दुई जना १५ वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेका ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले २०६५ असोज २९ गते काभ्रेको तत्कालीन आम्बोटो गाविस-१ मा चमारसिंह मगर भनिने जनकबहादुरलाई कुटपिट गरेर हत्या गरेका थिए।
उनीहरुलाई जिल्ला अदालत काभ्रेमा बुझाइएको प्रहरीले बताएको छ।
प्रकाशित मिति: १३:०४ बजे, शुक्रबार, माघ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार