Kathmandu Press

नवजात शिशुमा पनि देखियाे कोरोना भाइरसको संक्रमण

काठमाडौं, माघ २३ : चीनमा भरखरै जन्मिएको नवजात शिशुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

चिनियाँ मिडिायका अनुसार, जन्मेको ३० घन्टामा नवजात....

नवजात शिशुमा पनि देखियाे कोरोना भाइरसको संक्रमण
एजेन्सी
Hardik ivfHardik ivf

काठमाडौं, माघ २३ : चीनमा भरखरै जन्मिएको नवजात शिशुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

चिनियाँ मिडिायका अनुसार, जन्मेको ३० घन्टामा नवजात शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको हो। कोरोना भाइरसको केन्द्र रहेको वुहान शहरको एक अस्पतालमा जन्मिएका नवजात शिशुमा संक्रमण देखिएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार, वुहानको एक स्थानीय अस्पतालमा मघ १९ गते जन्मिएको नवजात शिशुमा संक्रमण पाइएको छ। नवजात शिशुको आमामा पनि संक्रमण देखिएको छ। जन्मदिनुभन्दा अघि नै आमामा संक्रमण देखिएको जनाएको छ। नवजात शिशुमा कसरी कोरोना भाइरस संक्रमण भयो भन्ने खुलेको छैन।

चीनमा कोरोना भाइरसको संक्रमणबाट पाँच सय ६३ जनाको मृत्यु भएको छ भने २८ हजार १८ जनामा संक्रमण देखिएको छ। यसमा बालबालिकाको संख्या कम रहेको छ।

चीनको सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार, कोरोनाको संक्रमण देखिएको नवजात शिशुको तौल ३.२५ किलो रहेको छ। उनको अवस्था स्थिर रहेको जनाएको छ। उनलाई अस्पतालमै चिकित्सकको निगरानीमा राखिएको छ।

स्वास्थ्य विज्ञहरूले आमाबाट नवजात शिशुमा संक्रमण भएको हुनसक्ने अनुमान गरेका छन्। आमाको गर्भमै संक्रमण भएको हुनेसक्ने उनीहरुको भनाइ छ। ‘अब हामीले आमाबाट बच्चामा कोरोना भाइरसको संक्रमणमा हुनेमा पनि हुनेमा पनि सचेत हुनुपर्छ,’ वुहान चिल्ड्रन हस्पिटलको नवजात चिकित्सा विभागका प्रमुख जेङ लिङकोङले रोयटरसँग भनेका छन्।

शिशु जन्मिएपछि पनि संक्रमण भएको हुनसक्ने चिकित्सकहरुको अनुमान छ। कोलाम्बिया विश्वविद्यालयको मेलमन स्कुल अफ पब्लिक हेल्थका इपिडेमियोलोजिस्ट स्टेफन मोर्सले शिशु जन्मिएपछि आमाले समातेको समयमा खोक्दा संक्रमण भएको हुनसक्ने बताएका छन्।

चीनमा फैलिएको कोरोना भाइरसले महामारीको रुप लिएपछि विश्व स्वास्थ्य संघ (डब्लूएचओ)ले विश्वव्यापी ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ। भारत, श्रीलंका, सिंगापुर, जापान, अमेरिका, बेलायतलगायतका देशले चीनबाट आफ्ना नागरिकलाई फिर्ता लगिसकेका छन्।

चीनको वुहान शहर र आसपासको क्षेत्रमा रहेका एक सय ८० नेपालीले पनि स्वदेश फर्किन निवेदन दिएका छन्। तर, दुई साता बितिसक्दा पनि सरकारले वास्ता गरेको छैन।

प्रकाशित मिति: ११:४५ बजे, बिहीबार, माघ २३, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्