Kathmandu Press

कप्तान रोहित पौडेल भन्छन्– प्रिमियर कपको खराब नतिजालाई बिर्सिएर अगाडि बढ्छाैं

नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले एसिसी प्रिमियर कपको खराब प्रदर्शनलाई बिर्सँदै वेस्टइन्डिजविरुद्धको सिरिजमा आफूहरु केन्द्रित भएको बताएका छन्।
कप्तान रोहित पौडेल भन्छन्– प्रिमियर कपको खराब नतिजालाई बिर्सिएर अगाडि बढ्छाैं

काठमाडाैं, वैशाख १४ : नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकपको तयारीका लागि भोलिबाट बलियो वेस्टइन्डिज एसँग टि–२० सिरिज खेल्दैछ। अघिल्लो सातामात्र एसिसी प्रिमियर कपमा खराब प्रदर्शन गरेर फर्किएको नेपाली टिम दबाबमा हुनेछ।

नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले एसिसी प्रिमियर कपको खराब प्रदर्शनलाई बिर्सँदै वेस्टइन्डिजविरुद्धको सिरिजमा आफूहरु केन्द्रित भएको बताएका छन्।

Hardik ivf

शुक्रबार काठमाडौंमा आयोजित प्रिम्याच कन्फ्रेसमा बोल्दै रोहितले एसिसी प्रिमियिर कपमा सोचेजस्तो प्रदर्शन गर्न नसकेकोमा सिंगो टोली नै चिन्तित रहेपनि वेस्टइन्डिजसँगको सिरिजका लागि टिम तयार रहेको बताएका छन्।

नेपालले शनिबारदेखि घरेलु मैदानमा वेस्ट इन्डिजसँग पाँच खेलको श्रृंखला खेल्दैछ। रोहितले अहिलेसम्म नेपालले खेल्न लागेको उत्कृष्टमध्ये यो एक श्रृंखला रहेको पनि धारणा राखे ।

‘प्रिमियर कपमा हामीले चारवटा खेल जित्दै राम्रो सुरुआत गरेका थियौं। तर, सेमिफाइनल हारेपछि निराश भयौं,’ उलने भने, ‘हामी बलियो भएर तेस्रो स्थानका लागि सबै जना तयार थियौं, तेस्रो स्थानको खेल पनि हा¥यौं, त्यो निराशा लिएर बस्नुभन्दा आउने टुर्नामेन्टका लागि हामी तयार छौं वेस्ट इन्डिजसँग राम्रो प्रदर्शन गर्छौं। बेस्ट दिन रेडि छौं।’

पछिल्लो एक वर्षसम्म टोलीले राम्रो प्रदर्शन गरिरहेको भएपनि एसिसी प्रिमियर कपमा त्यो गति समात्न नसकेको पौडेलले बताए।

 

प्रकाशित मिति: २०:३९ बजे, शुक्रबार, वैशाख १४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्