Kathmandu Press

कमल, लोकेश, विनोद र सागरको राष्ट्रिय टिममा पुनरागमन

कीर्तिपुरस्थित टियू मैदानमा नेपाल र वेस्टइन्डिज एबीचको सिरिज भोलिबाट सुरु हुँदैछन्। क्यानले ए टिममा राम्रो प्रदर्शन गरेका कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाललाई टिमा थपेको हो।
कमल, लोकेश, विनोद र सागरको राष्ट्रिय टिममा पुनरागमन

काठमाडाैं, वैशाख १४ : नेपाल क्रिकेट संघ (क्यान)ले टि–२० सिरिज सुरु हुनुभन्दा एकदिनअघि राष्ट्रिय टिममा थप चार खेलाडीलाई समेटेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा नेपाल र वेस्टइन्डिज एबीचको सिरिज भोलिबाट सुरु हुँदैछन्। क्यानले ए टिममा राम्रो प्रदर्शन गरेका कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाललाई टिमा थपेको हो।

Hardik ivf

आयरल्यान्ड्स वुल्भ्सविरुद्धको सिरिजमा राम्रो प्रदर्शन गरेका कमलसिंह ऐरी र लोकेश बम वेस्टइन्डिज एविरुद्धको सिरिजका लागि टिममा नपर्दा धेरैले क्यानको आलोचना गरेका थिए। आरयल्यान्ड्स वुल्भ्सविरुद्ध सागरले राम्रै प्रदर्शन गरेपनि विनोद भण्डारीको प्रदर्शन भने सामान्य मात्र थियो।

यसअघि क्यानले एसिसी प्रिमियर कप खेलेको टिममा आरिफ सेख र आकाश चन्दलाई थप्दै १६ सदस्यीय टिम घोषणा गरेको थियो। चार खेलाडी थपिएसँगै नेपाली टिम २० सदस्यीय बनेको छ।

आसन्न टि–२० विश्वकपको तयारीका लागि ५ खेलको टि–२० सिरिज खेल्न विश्वकप जितिसकेका खेलाडीसहितको बलियो वेष्टइण्डिज ‘ए’ टिम नेपाल आएको हो।

नेपाली टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द। विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम ।

प्रकाशित मिति: १९:५३ बजे, शुक्रबार, वैशाख १४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्