आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
जिल्लाको तमानखोला गाउँपालिका–२ सिल्गुममा आगालगी हुँदा स्थानीय ४८ वर्षीय देवसिंह कामीको मृत्यु भएको हो। यस्तै, सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढा मगर र ३३ वर्षीय प्रेमबहादुर घर्ती मगर घाइते भएका छन्।
बागलुङ, वैशाख १४ : बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छभने दुईजना घाइते भएका छन्।
जिल्लाको तमानखोला गाउँपालिका–२ सिल्गुममा आगालगी हुँदा स्थानीय ४८ वर्षीय देवसिंह कामीको मृत्यु भएको हो। यस्तै, सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढा मगर र ३३ वर्षीय प्रेमबहादुर घर्ती मगर घाइते भएका छन्।
शुक्रबार बिहानदेखि सिल्गुमस्थित रानीवन सामुदायिक वनमा लागेको आगो नियन्त्रणका वनमा पुगेका कामीको आगोको लप्कोले एक्कासी भेट्दा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान ११ बजेदेखि बेपत्ता भएका कामीको दिउँसो २ बजे मात्र शव फेला परेको प्रहरीले जानकारी दियो।
घाइते बुढा मगर र घर्ती मगरलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ।
प्रकाशित मिति: २१:०६ बजे, शुक्रबार, वैशाख १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार