Kathmandu Press

कांग्रेसलाई शत्रु ठान्नु पार्टी सिध्याउने सिद्धान्त मात्रै हो : अध्यक्ष नेपाल

‘कसै कसैले कांग्रेसलाई शत्रु भन्नुपर्छ भन्छन्। प्रहारको निशाना त्यतै ताक्नुपर्छ भन्छन्। जसले गर्दा कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्छन्। यो पार्टीको हितमा होइन् । पार्टीलाई सिध्याउने सिद्धान्त मात्रै हो।’
कांग्रेसलाई शत्रु ठान्नु पार्टी सिध्याउने सिद्धान्त मात्रै हो : अध्यक्ष नेपाल

काठमाडौं, वैशाख १४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले, कांग्रेसलाई शत्रु ठान्नु पार्टीलाई सिध्याउने सिद्धान्त मात्रै रहेको टिप्पणी गरेका छन्।

शुक्रबार युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा आवद्ध केही दलहरुले कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्ने चाहेको उल्लेख गरे। अध्यक्ष नेपालले कांग्रेसलाई शत्रु ठान्नु पार्टी सिध्याउने सिद्धान्त मात्रै भएको टिप्पणी गरे।

Hardik ivf

‘यो चुनावमा कुनै पार्टीलाई बहुमत आएन, अहिलेको १२ वटा पार्टी संसदमा छन्। म प्रधानमन्त्री हुँदा २५ वटा पार्टी थिए। त्यसमध्य मैले २२ वटा पार्टीलाई समेटेर सरकारमा लगेको थिए। अहिले सरकारमा ६ वटा दल छन्, ६ वटा बाहिर। एउटा पार्टी अलग हुने बित्तिकै सरकार माथिबाट तल भुइँमै पछारिन्छ । कोही पनि घमण्डी नहोस्,’ अध्यक्ष नेपालले भने।

उनले कसैलाई दम्भ नखाउन र दुर्घटना हुने बताए। दम्भ देखाएकै कारण सुदूरपश्चिममा झन्डै झन्डै दुर्घटनाकै अवस्थामा पुगेको  उनले बताए।

‘प्रधानमन्त्रीले लचकता देखाउनुभयो। अहिले हाम्रो पार्टीको मुख्यमन्त्री हुनुहुन्छ। अहिले विभिन्न प्रदेशमा हाम्रा मन्त्रीहरुलाई स्थान दिइएको छ,’ उनले भने, ‘कसै कसैले कांग्रेसलाई शत्रु भन्नुपर्छ भन्छन्। प्रहारको निशाना त्यतै ताक्नुपर्छ भन्छन्। जसले गर्दा कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्छन्। यो पार्टीको हितमा होइन् । पार्टीलाई सिध्याउने सिद्धान्त मात्रै हो।’

उनले एमालेका अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै उनले ,सत्तामा गएपछि मात्तिएको आरोप लगाए । उनले नेकपा दुई तिहाइमा पुग्दा शक्तिको सदुपयोग गर्न नसकेको भन्दै नेताहरुको दिमागमा घमण्ड सवार भएपछि कम्युनिष्ट आन्दोलनमा क्षति पुर्याएको बताए।

प्रकाशित मिति: १९:३० बजे, शुक्रबार, वैशाख १४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्