Kathmandu Press

मासप्रिन्टबाट स्मार्ट लाइसेन्स छाप्न सुरू, चार महिनाभित्र सबैलाई वितरण गरिने

काठमाडौं, मंसिर २६ : चार महिना अघि खरिद गरिएको मासप्रिन्टबाट स्मार्ट लाइसेन्स छाप्न सुरू गरिएको छ।

पुराना प्रिन्टरले मागअनुसार, स्मार्ट लाइस....

मासप्रिन्टबाट स्मार्ट लाइसेन्स छाप्न सुरू, चार महिनाभित्र सबैलाई वितरण गरिने

काठमाडौं, मंसिर २६ : चार महिना अघि खरिद गरिएको मासप्रिन्टबाट स्मार्ट लाइसेन्स छाप्न सुरू गरिएको छ।

पुराना प्रिन्टरले मागअनुसार, स्मार्ट लाइसेन्स छाप्न नसकेपछि सात करोडमा नयाँ मासप्रिन्ट ल्याइएको थियो। तर, चलाउन नआएपछि प्रयोगमा आएको थिएन्। यातायात विभागले भने मेसिनमा समस्या आएको बताएको थियो। यो मासप्रिन्ट भारतीय कम्पनी मद्रास प्रिन्टरले ल्याएको थियो।

अब मासप्रिन्टबाट नियमति काम हुने विभागका महानिर्देशक गोगनवहादुर हमालको भनाइ छ। ‘मेसिनको परीक्षण गर्न केही समय लागेको हो, अब हामी रात दिन प्रिन्टिङको काम गछौँ,’ महानिर्देशक हमालले भने, ‘चार महिनाभित्र स्टक रहेको स्मार्ट लाइसेन्स वितरण गरिसक्छौँ।’

Hardik ivf

अहिले यो मेसिन दैनिक ८ घन्टाका दरले सञ्चालन गरिएको छ। मासप्रिन्ट पूर्ण क्षमतामा सञ्चालनमा आएपछि प्रतिघन्टा चार सय ५० वटाका दरले लाइसेन्स प्रिन्ट गर्छ। विभागले दिनमा तीन सिफ्ट बनाएर मेसिन सञ्चानको तयारी गरेको उनले बताए।

पुरानो मेसिनले राम्रोसँग काम नगर्दा र नयाँ मेसिन समयमै जडान नहुँदा करिव आठ लाख लाइसेन्स वितरण गर्न बाँकी छ। ट्रायल पास भएका र नविकरणका लागि निवेदन दिएका चालकले करिब १५ महिनादेखि लाइसन्स लिनबाट पाएका छैनन्।

विभागका अनुसार, अहिले पूरानो मेसिनबाट प्रतिघन्टा ४० वटाका दरमा मात्र छपाइ भइरहेको छ । विभागमा १० वटा  पुराना छपाई मेसिन छन्, तर तीन वटाले मात्रै काम गर्छन्।

देशभरका १७ वटा यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेका चालकको लाईसेन्स छपाई यातायात व्यवस्था विभागले गर्दै आएको छ। सबै कार्यालयमा सेवाग्राहीको चाप रहेकाले लाइसेन्सको माग पनि बढ्दै गएको छ।

२०७२ बाट कागजी लाइसेन्सलाई विस्तापित गरी (डिजिटल) रुपमा स्मार्ट लाइसेन्स वितरणको प्रक्रिया सुरू गरिएको थियो। तर, प्रक्रिया सुरू भएको चार वर्ष वितिसक्दा पनि समस्या उस्तै छ।

अब नयाँ मेसिन सञ्चालनमा आएकाले पहिलाको जस्तो समस्या नहुने महानिर्देशक हमालको भनाइ छ।

प्रकाशित मिति: ११:३३ बजे, बिहीबार, मंसिर २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्