दोहोरो अंकले घट्यो नेप्से
४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर कायारेबार भएको छ।
काठमाडौं, भदौ १७ : साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक १९.८९ अंकले घटेसँगै शेयर कारोबार पनि घटेको छ। मंगलबार ०.७२ प्रशितशले घटेर २७४१.९७ बिन्दुमा रोकिएको छ। नेप्से सोमबार १२.०३ अंकले बढेको थिाये।
४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर कायारेबार भएको छ।
आज सेन्सेटिभ इन्डेक्स २.६९ अंकले घटेको छ । फ्लोट इन्डेक्स १.२३ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९८ अंक घटेको छ।
हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९.९८ प्रतिशतले बढेर २९४.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
युनियन हाइड्रो पावर लिमिटेडको शेयर मूल्य ३.६० प्रतिशतले बढेर प्रतिकित्ता ४०२.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ। एभरेष्ट बैंकलिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.२२ प्रतिशतले बढेर १०९० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
आज उन्नति सहकार्य लघुवित्तको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ। कम्पनीको शेयर मूल्य ७.४७ प्रतिशतले घटेर २०४६.७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। दोर्दिखोला जलविद्युत कम्पनीको शेयर मूल्य ७.३२ प्रतिशतले घटेर २५५.०३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
कुमारी सबल योजनाको शेयर प्रतिकित्ता ४.७९ प्रतिशतले घटेर ८.९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। मंगलबार नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, दोर्दीखोल जलविद्युत आयोजना र हिमालयन डिस्टिलरीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।












