Kathmandu Press

‘बेपत्ता विमान अन्तिमपटक १० : ०७ बजे जोमसोम टावरको सम्पर्कमा थियो’

‘अन्तिमपटक जोमसोम टावरसँग १० : ०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सो पश्चात सम्पर्क विहीन भएको छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 
‘बेपत्ता विमान अन्तिमपटक १० : ०७ बजे जोमसोम टावरको सम्पर्कमा थियो’

काठमाडौं, जेठ १५ : आइतबार बेपत्ता भएको तारा एयरको विमान बिहान १० बजेर ७ मिनेट जाँदासम्म सम्पर्कमै रहेको पाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको सूचना अनुसार विमान उडेको १२ मिनेटसम्म सम्पर्कमै रहेको र त्यसपछि सम्पर्कविहीन भएको हो। 

Hardik ivf

तारा एयरको ९ एनएईटी ट्वीनअटर विमान बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।‘अन्तिमपटक जोमसोम टावरसँग १० : ०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सो पश्चात सम्पर्क विहीन भएको छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

प्राधिकरणले विमानको खोजतलासका गर्न फिस्टेल एयरको हेलिकप्टर  पठाइएको भएपनि प्रतिकुल मौसमका कारण उक्त विमान पुनः जोमसोम फर्किएको जानकारी दिएको छ।

बेपत्ता भएको विमान खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा थप हेलिकप्टर स्ट्याण्डबाइ राखिएको र मौसममा सुधार आउनासाथ खोजी कार्य सुरु गरिने प्राधिकरणले जानकारी दिएको छ । 

स्थलमार्ग बाट ाोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत प्रस्थान भइसकेको बताइएको छ। 

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्