Kathmandu Press

माधव नेपाल प्रधानमन्त्री खान नपाएर हर्‍याकहर्‍याक : ओली

ओलीले नेपालको नाम नलिई उनी लक्षित टिप्पणी गरेका हुन्। प्रधानमन्त्रीका लागि कराउँदै हिँडेको तर अरुले मन नपराएको कुरा भने थाहा पाउन नसकेको बताए।
माधव नेपाल प्रधानमन्त्री खान नपाएर हर्‍याकहर्‍याक : ओली

काठमाडौं, वैशाख २२ : नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री खान नपाएर ‘हर्‍याकहर्‍याक’ गरिरहेको टिप्पणी गरेको छन्।

ओलीले नेपालको नाम नलिई उनी लक्षित टिप्पणी गरेका हुन्। प्रधानमन्त्रीका लागि कराउँदै हिँडेको तर अरुले मन नपराएको कुरा भने थाहा पाउन नसकेको बताए।

Hardik ivf

प्रधानमन्त्रीका लागि हतारोप्रति आफुलाई अचम्म लागेको पनि ओलीले सुनाए। ओलीले रसुवामा शनिबार आयोजित एक कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन्। 

एमाले अध्यक्ष ओलीको टिप्पणी थियो, ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक दमको बिरामीले जस्तो गर्दैछन्। प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन्। मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔं भनेर। मैले भनें, म प्रधानमन्त्रीको लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो। अब सरकार चलाएर देश बनाएर जनताको समस्या समाधान गर्नतिर लाग्नुपर्‍यो।’ 
 

प्रकाशित मिति: १७:०२ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्