Kathmandu Press

विगतबाट पाठ सिक्दै आगामी बजेट ल्याउने तयारी भइरहेको छ : प्रधानमन्त्री

प्रचण्डले सुशासन समृद्धि र समामाजिक न्यायको कुरा सुरु सरकारले सुरुदेखि नै उठाएको र त्यसलाई मध्यनजर गर्दै सरकारको कार्यक्रम र बजेट ल्याइएने बताए।
विगतबाट पाठ सिक्दै आगामी बजेट ल्याउने तयारी भइरहेको छ : प्रधानमन्त्री

काठमाडाैं, वैशाख २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतका नीति तथा कार्यक्रमबाट पाठ सिक्दै आगामी वर्षको नीति तथा कार्यक्रमका साथै बजेट ल्याउने तयारी भइरहेको बताएका छन्।

सिंहदरबारमा शनिबार बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले सुशासन समृद्धि र समामाजिक न्यायको कुरा सुरु सरकारले सुरुदेखि नै उठाएको र त्यसलाई मध्यनजर गर्दै सरकारको कार्यक्रम र बजेट ल्याइएने बताए।

Hardik ivf

राष्ट्रिय स्तरका सूचकहरुमा  पछाडी परेका समूदायलाई माथि उठाउने र उत्पादन, उत्पादकत्वमा बृद्धिका साथै रोजगारी बृद्धिका लागि आवश्यक सुझाव दिन पनि प्रचण्डले आग्रह गर्नुभएको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले  जानकारी दिए।

उनले संसदको बजेट अधिवेशनमा सक्रिय भएर भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएका थिए। अध्यक्ष प्रचण्डले यसअघि संसदमा देखिएको अवरोध हटाउने विषयमा पनि दलहरुबीच निरन्तर छलफल भइरहेको र छिटै सर्वदलीय बैठक बस्ने जानकारी गराउनुभएको प्रमुख सचेतक पाण्डेले बताए।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रमका साथै बजेटको तयारीका बारेमा जानकारी गराएका थिए। बजेट निर्माणमा सहयोगी भूमिका खेल्न पनि बैठकले आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ। 

प्रकाशित मिति: १७:३६ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्