Kathmandu Press

सहकारी ठगीमा संसदीय छानविन समिति बनाउन प्रधानमन्त्री सकारात्मक

शनिबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले सहकारी ठगलाई कानुनी दायरामा ल्याउन समग्र अध्ययन गर्ने गरी संसदीय समिति बनाएर जान सकिने बताए।
सहकारी ठगीमा संसदीय छानविन समिति बनाउन प्रधानमन्त्री सकारात्मक

काठमाडौं, वैशाख २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सकारात्मक देखिएका छन्।

शनिबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले सहकारी ठगलाई कानुनी दायरामा ल्याउन समग्र अध्ययन गर्ने गरी संसदीय समिति बनाएर जान सकिने बताए।

Hardik ivf

प्रधानमन्त्री दाहालले संसदीका बजेट अधिवेशन सुरु हुनुअघि नै सहकारी ठगीका बिषयमा कुनै निर्णय हुने उल्लेख गरे। उनले सहकारी ठगीमा संलग्नलाई कानुनको दायरामा ल्याउने गरी पहल अघि बढाएको बताए।

संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका थिए। सहकारी ठगी प्रकरणमा रवि लामिछाने मुछिएपछि सो विषयमा संसदीय समिति बनाएर छानविन गर्नुपर्ने माग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्दै आएको छ।

गठबन्धनका दल र आफ्नो पार्टीमा छलफलपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग थप संवाद अघि बढाउने तयारी भएको पनि उनले बैठकमा जानकारी दिए।

सहकारी ठगीसम्वन्धी सबै समस्या समाधान गर्नेगरी संसदीय समिति बनाएर जाने बिषयमा प्रधानमन्त्रीको धारणा आएपछि कांग्रेसले उठाउँदै आएको माग समेत संवोधन हुने दिशामा प्रगति हुने देखिएको छ।

प्रकाशित मिति: १८:१६ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्