Kathmandu Press

निद्रा हिँड्ने बानी कि रोग ?

काठमाडौँ — निद्रामा हिँड्ने विषयवस्तुमा आधारित सन् १९६८ को सुपरहिट फिल्म निलकमल धेरैले हेरेको हुनुपर्छ । निद्रामा हिँड्ने विषयवस्तुमा आधारित भएर धेरै टिभी सिरियलह....

निद्रा हिँड्ने बानी कि रोग ?
मोहन दुलाल

काठमाडौँ — निद्रामा हिँड्ने विषयवस्तुमा आधारित सन् १९६८ को सुपरहिट फिल्म निलकमल धेरैले हेरेको हुनुपर्छ । निद्रामा हिँड्ने विषयवस्तुमा आधारित भएर धेरै टिभी सिरियलहरू बनेका छन् । 

के वास्तविकमा मानिस निद्रामा हिँड्छ? सोमनाबूलिज्म अर्थात् राति निद्रामा उठेर हिँड्नु। कतिपयले यसलाई निद्रामा भ्रमण गर्ने बानी भएको पनि भन्ने गर्छन्। यो निद्रा र जागरुक्ताको एउटा संयुक्त घटना हो।

यी सब कुरा व्यक्तिको सचेतन मन (सब कन्सियस माईन्ड) ले विभिन्न किसिमका गतिविधि जस्तै – कुरा गर्नु, उठेर ओछ्यानमा बस्नु, सरसफाइ गर्नु ,किचनमा तरकारी काट्नु, खाना बनाउनु, ड्राईभिङ गर्नु, कम्प्युटर चलाउनु, कतै हिँड्दिनु , यहाँ सम्म की 'होमोसाईड' कसेको हत्याको लागि पनि विभिन्न गतिविधिको साथ गरिरहेको हुनसक्छ।

निद्राको दौरान आफूले गरेको घटनाहरूको बारेमा स्लिप वाकर (निन्द्रामा हिँडेन व्यक्ति) लाई कुनै पनि स्मृति हुँदैन या भएमा एकदमै न्यून हुन्छ। अरू कसैले भन्दा मात्र उसले थाहा पाउँछ।

यस्ता रोगीलाई स्लिप डिसअर्डर भएको बिरामी भनिन्छ। यस किसिमको रोगलाई मेडिकल भाषामा सोमनाबुलिज्म पनि भनिन्छ। केटा केटी अवस्थामा यो रोग प्रायः देखा पर्ने गरेको छ। उमेर बढ्दै गएपछि कसै-कसैलाई भने आफै पनि ठिक हुन्छ, भने कसैलाई युवाअवस्थामा पनि देखिन्छ। निद्रा- चरी अर्थात् निद्रा भ्रमण गर्नु। यो रोग सबै उमेर, लिगं, वर्गका व्यक्तिहरूलाई पनि हुनसक्छ। यो रोग विशेष गरी बालबलिकाहरुमा बढी देखिन्छ।

कारण र लक्षण

सोमनाबुलिज्मको कुनै निश्चित कारण अज्ञात छ। यही नै कारण हो भनेर ठोकुवा गर्न मिल्दैन। बढी तनाव तथा चिन्ताले पनि यस किसिमको रोग हुनसक्छ। लामोसमयसम्म लगातार अनिद्रा अवस्थामा रहनु। जिविकापार्जनका लागि फरक–फरक सिफ्टमा दिनरात काम गर्नु। मादक पदार्थको अत्यधिक सेवनले पनि निन्द्रामा हिँडेन सम्भावना बढाइदिन्छ। परिवारमा कसैलाई यस किसिमको समस्या रहेको इतिहास छ भने त्सस परिवारका केटाकेटीमा यो रोग हुने सम्भावना बढी हुन्छ।

यसरी निद्रामा उठ्नु, रुनु कराउनु , चिच्याउनु, हिँड्नु , कहिले काहीँ यो मिर्गिरोग को लक्षणपनि हुनसक्छ। यस्ता रोगीहरू अचानक निन्द्रामा उठेर हिँड्दै जाँदा कसैलै अलिक ठुलो आवाजले व्यक्तिलाइ बोलाइदियो भने झल्याँस्स ब्युँझिन्छन्।

यदि कसैलै नै प्रकार को रोकटोक गरेन भने लामो बाटो पार गर्न पनि सक्छन्। निद्रामा हिँड्न धेरैजसो व्यक्तिलाई आफूले गरेको क्रियाकलाप बारे केही थाहा हुँदैन। निद्रामा भ्रमण गर्ने व्यक्तिलाई हेर्दा उसको आँखा खुल्ला र चमकिलो दैखिन्छ। तर व्यक्तिको अनुहार भावना रहित देखिन्छ र उसको हाउभाउ (एक्सप्रेशन) उद्देश्य विहीन देखिन्छ। यस्ता व्यक्तिलाई ब्युँझाउन खोजेमा बिस्तारै निन्द्राको अवस्थाबाट बाहिर आउँछन्।

रोगको निदान

यो रोगको डाईग्नोसिस रोगीको अवलोकन र पारिवारिक इतिहासद्वारा गरिन्छ। यसको कुनै प्रयोगशाला परीक्षण छैन।

उपचार

सबैभन्दा पहिले रोगीको बारेमा समष्टिगत रूपमा जान्नुपर्ने हुन्छ। केटाकेटी उमेरको अवस्था मै निन्द्रा भ्रमण गरेको हो या कुनै तनाव चिन्ताको कारणले उपज भएको हो अथवा छारे रोगको लक्षण हो की ? यी सबै कुराको विचार गरेर रोगीको उपचार गरियो भने यस किसिमको रोगलाई न्यून गर्न सकिन्छ। रोगको प्रकृति र रोगीको अवस्था अनुसार खानपानमा सुधार गर्नुका साथसाथै मनोवैज्ञानिक विधि अन्तर्गत परामर्शद्वारा पनि यसको उपचार गराउन सकिन्छ।

केही अवस्थामा भने औषधिकोपनि आवश्यकता पर्छ। उपचारको क्रममा यस रोग बाट पीडित व्यक्तिको निगरानी भने घरका सदस्यले गरिरहनु पर्ने हुन्छ। निद्रामा हिँडेन बानी भएका व्यक्तिलाई चोटपटक र दुर्घटना हुनबाट बचाउनु पर्छ।

होमियोप्याथिक उपचार

होमियोप्याथिकमा रोगीको उपचार गर्दा उसको मानसिक एवं शारीरिक लक्षणको साथै पारिवारिक इतिहास र रोगको कारण लाई मध्ये नजर राखेर रोगीको उपचार गरिने प्रावधान छ।

सोमनाबिलज्मको उपचारका लागि प्रयोग हुने केही प्रभावशाली होमयोप्याथिक औषधिहरू निम्न छन्।

१) आर्टिमिसिया भल्वगेरिसः निद्रा भ्रमणको अवस्थामा काम गर्ने या उठेर हिँड्ने बानी।

२) नेट्रम म्युरः निद्रामा उठेर हिँड्नु या बसैकै ठाउँमा निदाउनु।

३) ईग्नेशियाः निदाएको बेला सबै कुरा देख्दछ तर निद्राबाट ब्युँझे पछि सबै कुरा बिर्सिन्छ।

४) कालिब्रोमः धरै जसो केटाकेटीहरूमा देखिने सोमनाबूल्जिमक लागि यस औषधीको प्रयोग गरिन्छ

५) जिकंम मेटालिकमः निद्राको दौरान जोरले रुनु तथा राती निद्रामा कराउनु , मनको भावनालाई भित्रै दबाएर राख्दा देखिने यो समस्याका लागि यो औषधीको प्रयोग लाभप्रद छ।

६) कालिफाँसः नाइट टेर्रस, अत्यधिक डरको कारण केटाकेटीहरूमा निद्रामा हिँड्ने स्वभाव देखिन्छ भने यसको प्रयोग लाभदायक मानिन्छ।

७) फोसफोरसः रोगीमा यस किसिमको राति निद्रामा अचानक उठेर हिँड्ने लक्षण बेला बखत देखिन्छ, भने यसको प्रयोग गर्नुपर्छ।

८) ईग्नेशियाः आत्मसम्मानमा चोट लागेको कारण यो समस्या देखियो भने यसको प्रयोग लाभप्रद छ।

९) साईलिसियाः पूर्णिमाको जुन (चन्द्रामा) पूर्ण रूपले उदाएको बेला , निद्रामा हिँडेन गर्दछ भने यस औषधीको सेवन गर्न सकिन्छ।

१०) ब्रायोनियाः निद्रामा उठेर दिउँसोको बाँकिरहेको काम गर्दछ भने यो औषधी लाभप्रद छ।

११) यसै गरी रोगी निन्द्रामा नै उठेर मानसिक कार्य गर्दछ भने सिपिया नामक औषधीको सेवन गर्नु फाइदाजनक छ।

१२) रिह्युमः यदि बच्चा निद्रामा उठेर ओछ्यान मै हिँडेन गर्दछ भने यस किसिम को लक्षण देखिएमा यसको व्यवहार गर्न सकिन्छ।

यस बाहेक अन्य औषधिहरूको प्रयोग पनि रोगीको लक्षण अनुसार प्रयोग गर्न सकिन्छ। जस्तै – एगरिकस ,एन्टिम क्रुड, एनाकार्डियम, केनाबिस ईनिडिका, नक्समस्केटा, औपियम, पेट्रोलियम, स्पोनजिया, स्ट्रामोनियम, सलफर, टेरेन्टुला आदि।

उपरोक्त उल्लिखित औषधिहरूको प्रयोग आफ्नो स्थानीय कुनै योग्य तथा अनुभवी होमियोप्याथिक चिकित्सकसँग परामर्श लिई सेवन गर्नु उचित हुनेछ।

प्रकाशित मिति: १६:१९ बजे, बिहीबार, मंसिर २७, २०७५
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्