Kathmandu Press

देशभर १०८ जना कोरोना संक्रमित थपिए

देशभर १०८ जना कोरोना संक्रमित थपिए
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख ६ : पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना संक्रमण देखिएको हो ।

सक्रिय सङ्क्रमितको संख्या ३८६ जना पुगेको मन्त्रालयले जनाएको छ । ६६ जना डिस्चार्ज हुँदा संस्थागत आइसोलेसनमा २१ जना, आईसीयूमा ७ र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १७:५१ बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्