Kathmandu Press

१२६ वर्षीय भारतीय बाबालाई पद्म पुरस्कार, जो सधैँ बिहान ३ बजे उठेर योग गर्छन् 

काठमाडौं, माघ १२ : गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतले पद्म पुरस्कार प्राप्त गर्नेको नामवली घोषणा गरेको छ । भारतले यसपटक  चार व्यक्तित्वलाई पद्म विभूषण, १७...
१२६ वर्षीय भारतीय बाबालाई पद्म पुरस्कार, जो सधैँ बिहान ३ बजे उठेर योग गर्छन् 
Hardik ivfHardik ivf

काठमाडौं, माघ १२ : गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतले पद्म पुरस्कार प्राप्त गर्नेको नामवली घोषणा गरेको छ । भारतले यसपटक  चार व्यक्तित्वलाई पद्म विभूषण, १७ व्यक्तिलाई पद्म भूषण सम्मान र १०७ व्यक्तित्वलाई पद्मश्री पुरस्कार दिने भएको छ । 

पद्मश्री पुरस्कारमध्ये एक नाम छ– वाराणसीका शिवानन्द बाबाको । शिवानन्द बाबाका बारेमा यो दाबी गरिन्छ कि उनी उमेरले १२६ वर्ष पुगे । तैपनि उनी पूर्ण रूपमा स्वस्थ छन् । उनी रंगीन दुनियाँबाट टाढा रहन चाहन्छन् । 

योग साधक शिवानन्द बाबाले आफ्नो बारेमा कुनै चर्चा गर्न चाहँदैनन् । यद्यपि उनलाई पहिले भेट्नेहरुले उनी बारेका केही जानकारी बाहिर ल्याउने गर्छन् । ८ अगस्त १८९६ मा जन्मेका शिवानन्द योग र धर्मका बारेमा जानकार छन् ।

उनका चिनजानका व्यक्तिका अनुसार, उनी सधैँ बिहान ३ बजे उठेर एक घन्टा योग गर्छन् । त्यसपछि भगवद् गीता र माता चण्डीका श्लोक पाठ गर्ने गर्छन् । त्यस्तै, उनले उमालेर पकाइएको नुन कम राखेको भोजन मात्रै सेवन गर्छन् । 

बाबा शिवानन्दले योगाभ्यास गर्ने सम्बन्धमा बढी चर्चा तब भयो, जब कलाकार शिल्पा शेट्टीले ट्विटरमा उनको एक भिडियो सेयर गरिन्।

प्रकाशित मिति: १७:१६ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्