Kathmandu Press

 मोटोपन घटाउन मधुमेहको औषधि उपयोगी : अध्ययन 

परीक्षणको क्रममा सेमेगालुटाइड औषधि लिने ३५ प्रतिशत सहभागीहरुको तौल २० प्रतिशतले घटेको थियो ।  
 मोटोपन घटाउन मधुमेहको औषधि उपयोगी : अध्ययन 
Hardik ivfHardik ivf

काठमाडौं, माघ ३० : मोटोपन घटाउन मधुमेहको औषधि उपयोगी हुने एक अध्ययनले देखाएको छ । न्यू इग्ंल्यान्ड जर्नल फर मेडिसिनमा प्रकाशित एक अध्ययनले मधुमेहको औषधि प्रयोग गर्दा तौल २० प्रतिशतसम्म घट्ने देखाएको छ । 

परीक्षणको क्रममा सेमेगालुटाइड औषधि लिने ३५ प्रतिशत सहभागीहरुको तौल २० प्रतिशतले घटेको थियो ।  

डेनमार्कको नोवो नर्डिस्कले निर्माण गरेको सेमेगालुटाइड अमेरिका, क्यानडा र जापानलगाएत धेरै देशमा मधुमेहको औषधिको रुपमा प्रयोग गर्न अनुमति दिइएको छ । 

युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक र अध्ययनका प्राचार्या रेचेल बटरहैमले भनेका छन्, ‘यस अध्ययनको नतिजाले मोटोपना भएका मानिसहरुको स्वास्थ्य सुधारमा ठूलो सफलता मिलेको देखिएको छ।’ 

सेमाग्लुटाइड २.४ एम जी लिने मध्येमा तीन चौथाई (७५प्रतिशत) को शरीरको तौलकोे १० प्रतिशतभन्दा धेरै घट्यो र एक तिहाइको २० प्रतिशतभन्दा बढी तौल घट्यो ।  एजेन्सी
 

प्रकाशित मिति: १५:२१ बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्