Kathmandu Press

बद्री पाण्डेद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी घोषणा 

काठमाडौं, मंसिर १३ : नेपाली कांग्रेसका युवा नेता बद्री पाण्डेले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।काठमाडौंमा सोमबार पत्रकार भेटघाट...
बद्री पाण्डेद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी घोषणा 
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १३ : नेपाली कांग्रेसका युवा नेता बद्री पाण्डेले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरेर कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन्। 

उनी २०४७ सालमा प्रजातन्त्र आएपछि २०४८ वैशाख २९ गते प्रतिनिधिसभाको निर्वाचनताका सक्रियतापूर्वक लाग्दा विद्यार्थी नेताका रूपमा उदाएका हुन्।

उनी २०४४ सालमा वाल्मीकि क्याम्पसका नेपाल नेपाली विद्यार्थी संघ (नेविसंघ) का एकाइ समिति सदस्य भएका थिए। त्यतिखेर उनको उमेर १८ वर्ष मात्रै थियो। 

त्यसबेला चुनाव प्रचारप्रसारका लागि बाजुरा–नेपालगन्ज पैदलै झोला बोकेर पर्चा बाँडेर हिँडेका उनले बताए। 

बाजुराको हिमाली गाउँपलिका–४ मा जन्मिएका हुन् उनको विद्यार्थी राजनीतिका पाइला संस्कृत माविबाटै अघि बढ्यो। २०४३ सालमा नेविसंघमा आबद्ध भएका थिए।

२०४९ सालमा एकाइ सचिवमा निर्वाचित हुँदै २०५० मा नेविसंघको बाजुरा जिल्ला अध्यक्ष बने भने २०५२ मा वाल्मीकि एकाइ अध्यक्ष हुने अवसर पाएको उनले जानकारी दिए।

‘२०५३ सालमा वाल्मीकिको स्ववियु सभापति र २०५४ मा स्ववियु परिषद्को सभापति बनें,’ उनले भने, ‘२०५६ सालमा नेविसंघको केन्द्रीय सदस्य भएँ।’

२०६७ सालमा कांग्रेसको उनी महासमिति सदस्य बने। त्यही वर्ष नेपाली कांग्रेसको सेती अञ्चलबाट केन्द्रीय सदस्य जिते। कांग्रेसको १३औं महाधिवेशनमा खुल्लाबाटै केन्द्रीय सदस्यमा निर्वाचित भएको उनले बताए।

‘२०७० सालको संविधानसभाको चुनावमा समानुपातिक तर्फबाट सांसद भएँ,’ उनले भने, ‘२०७४ को चुनावमा कर्णाली प्रदेशबाट राष्ट्रियसभाको सदस्य निर्वाचित भएँ।’

आफू दुईपटक केन्द्रीय सदस्यका रूपमा कांग्रेस केन्द्रीय समितिमा रहेको , अब पदाधिकारीका रूपमा पिछडिएको क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेको हुँ।’ 

उनी १३औं महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। उनी १२औं महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्यसमेत थिए।

प्रकाशित मिति: १४:०९ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्