Kathmandu Press

नाउपा विवादमा निर्वाचन आयोगसँग मिशिल झिकाउने आदेश

चौधरीले दायर गरेको रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीशहरू बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
नाउपा विवादमा निर्वाचन आयोगसँग मिशिल झिकाउने आदेश
Hardik ivf

काठमाडौं, वैशाख १४ : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष दाबी गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगसँग मिशिल झिकाउने आदेश दिएको छ। 

चौधरीले दायर गरेको रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीशहरू बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले उक्त आदेश दिएको हो। सर्वोच्चले सुनुवाइका लागि वैशाख १८ गतेलाई पेसी समेत तय गरेको छ।

चौधरी धनगढीको टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेपछि उनी सर्वोच्च पुगेका थिए।
 

प्रकाशित मिति: १७:४२ बजे, शुक्रबार, वैशाख १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्