Kathmandu Press

ब्राउनसुगरसहित सात जना पक्राउ

झापा, मंसिर १० : झापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीबार बेलुका भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय...
ब्राउनसुगरसहित सात जना पक्राउ

झापा, मंसिर १० : झापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीबार बेलुका भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर–६ सङ्गमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड–८ सैनिकटोलका १८ वर्षीय सुदीप श्रेष्ठ, बिर्तामोड–६ कसेनिटोलका ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा–१ का २८ वर्षीय राज श्रेष्ठलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Hardik ivf

वडा प्रहरी कार्यालयको टोलीले जाँच गर्ने क्रममा उनीहरुका साथबाट चार ग्राम ६१० मिलीग्राम ब्राउनसुगर, एक थान नाइट्रोजन ट्याबलेट, एक थान डिजिटल तराजु, मे ८ प ९७०१ र को ३८ प ९०२८ नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०७:४६ बजे, शुक्रबार, मंसिर १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्