Kathmandu Press

समाजवादी मोर्चालाई नयाँ ढंगबाट अगाडि बढाइने

‘समाजवाद मोर्चालाई अव अहिलेको बस्तुस्थितीमा देशलाई समाजवादी व्यवस्थामा लाने, समाजवादी गणतन्त्रमा लाने तहसम्म लाने र सुदृढ गर्नुपर्यो भन्नेमा पुगेका छौं,’ उनले भने।
समाजवादी मोर्चालाई नयाँ ढंगबाट अगाडि बढाइने

काठमाडौं, साउन १३ : समाजवादी मोर्चाले अहिलेको बस्तुस्थितीमा देशलाई समाजवादी गणतान्त्रिक व्यवस्थामा लान आफूलाई नयाँ ढंगले प्रस्तुत गर्ने निष्कर्ष निकालेको छ। 

मंगलबार नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले अब मोर्चालाई सुदृढ गर्नुपर्ने अवस्थामा पुगेको बताए।

Hardik ivf

‘समाजवाद मोर्चालाई अव अहिलेको बस्तुस्थितीमा देशलाई समाजवादी व्यवस्थामा लाने, समाजवादी गणतन्त्रमा लाने तहसम्म लाने र सुदृढ गर्नुपर्यो भन्नेमा पुगेका छौं,’ उनले भने, ‘नयाँ ढङगले आफूलाई प्रस्तुत गर्नुपर्‍याे र आफ्ना सिमाहरुको निर्ममतापूर्वक अन्त्य गरेर आफूलाई नयाँ ठाउँमा उठाउनु पर्‍याे।’

उनले देशको अवस्था जटिल रहेको भन्दै जनता निरासावादको शिकार भइरहेको बताए। 

‘अहिले देशको स्थिति जटिल अवस्थामा छ । एउटा गणतन्त्रलाई थ्रेड गर्ने प्रवृति र हर्कतहरु अगाडि आइरहेका छन्। अहिलेका राज्यका सञ्चालकहरुको तरिका हेर्नुभयो भने बडो डरलाग्दो छ,’ उनले भने, ‘देश निरासाबादको शिकार भएको छ। जसका कारण युवाहरु पलायन छन्। राज्यको पैसा विदेश पलायन भइरहेको छ। देशमा के होला भन्ने ठुला प्रश्न नेपाली जनताका दिमागमा छन्।’ 

प्रकाशित मिति: २०:३५ बजे, मंगलबार, साउन १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्