Kathmandu Press

हायु परिवारका सदस्य भन्छन्– ऋण लागेर भागेका होइनौं, बाध्यताले हो 

हायु परिवारका सदस्य राजु हायुले पानी, बत्तीको अभाव र विद्यालय जान तीन घण्टा लाग्ने भएर बच्चाहरुको लागि गाँउ छाडेको बताएका हुन्। 
हायु परिवारका सदस्य भन्छन्– ऋण लागेर भागेका होइनौं, बाध्यताले हो 

काठमाडौं, साउन १३ : सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएर पोखरामा भेटिएका हायु परिवारले बाध्यताले गाउँ छाड्नु परेको बताएका छन्। 

मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै हायु परिवारका सदस्य राजु हायुले पानी, बत्तीको अभाव र विद्यालय जान तीन घण्टा लाग्ने भएर बच्चाहरुको लागि गाँउ छाडेको बताएका हुन्। 

‘त्यहाँ पानी, बत्तीको अभाव भयो, केटाकेटीहरु धेरै बिरामी भए। केटाकेटीको लागि पनि राम्रै ठाउँमा लगेर उपचार गर्न पाए राम्रो हुन्थ्यो कि भन्ने कुरा हो। ठूलो परिवार १८ जना छौं,’ उनले भने, ‘विकट भयो हस्पिटल जान दुई अढाइ घण्टा, स्कुल जान तीन घण्टा लाग्छ। हामी त्यस्तो ऋण लागेर भागेर आएका होइनौं।’

उनले सञ्चार माध्यममा आएको जस्तो राती नभई बिहान घरबाट हिंडेको र गाइ नपालेको पनि बताए। 

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवार पोखरा महानगरपालिका–३०, गगनगौँडामा सोमबार बेलुका भेटिएका थिए।


 

प्रकाशित मिति: २०:१३ बजे, मंगलबार, साउन १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्