Kathmandu Press

कम्युनिष्ट आन्दोलनको निरन्तरताका लागि एमालेबाट विद्रोह : माधव नेपाल

कम्युनिष्ट आन्दोलनको निरन्तरताका लागि एमालेबाट विद्रोह : माधव नेपाल
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर ९ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले कम्युनिष्ट आन्दोलनबाट पतन भएका कारण आफूहरुले विद्रोह गरेको बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन सुर्खेतद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमाले विकृति, विसङ्गति, व्यक्तिवाद र गुटबन्दीमा लिप्त भएकाले आन्दोलन रक्षाका लागि विद्रोह गर्नुपरेको बताए । तत्काल कुनै पार्टीसँग एकता नहुने र पार्टी सङ्गठन निर्माणलाई पहिलो प्राथमिकता राख्ने भन्दै उनले भने, “अन्य पार्टीबाट आउन चाहनेका लागि वार्ता र छलफल भइरहेको छ तर अहिले नै हामी अन्य पार्टीसँग एकता गर्दैनौँ ।”

एमालेले भोलिदेखि चितवनमा हुन लागेको दशौँ महाधिवेशनमा अतिथि वक्ताका रूपमा बोलाएन, तपाईंको सन्देश के छ रु भन्ने प्रश्नमा उनले भने, “नजाने बाटोका बारेमा नसोधेकै राम्रो ।” 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सर्वोच्च अदालतमा देखिएको विवाद समाधानका लागि उचित निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएको बताए । नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल, महासचिव डा वेदुराम भुसाल, प्रमेश हमालसहित नेता सुर्खेत पुगेका हुन् । 

प्रकाशित मिति: १९:१७ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्