Kathmandu Press

गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, मंसिर ८ : गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा २१६ जनामा गरिएको नमूना परीक्षणमा १७...
गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि 
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर ८ : गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा २१६ जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ८ महिला र ९ पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार कास्की ९,स्याङजा १, तनहुँ १,पर्वत १ र नवलपरासी पूर्वमा ५ जनामा संक्रमण देखिएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ८४१ पुगेको छ । गण्डकीमा थप १ जनाको मृत्यु भएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१३ पुगेको छ ।

यस्तै प्रदेशमा पछिल्लो चौबिस घण्टामा ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार २५९ पुगेको छ  । 

प्रकाशित मिति: १९:५७ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्