Kathmandu Press

संविधान जोगाउन सकेमात्र नागरिक अधिकारको संरक्षण हुन्छ : मुख्यमन्त्री कँडेल

‘राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तन हुन केही समय पक्कै लाग्छ नै,’ उनले भने, ‘नेपालले पनि विकासको गतीमा बिस्तारै फड्को मारिरहेको छ।’ 
संविधान जोगाउन सकेमात्र नागरिक अधिकारको संरक्षण हुन्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत, असोज ३ : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल संविधानको प्रभावकारी कार्यान्वयनबाट नै नागरिकका अधिकारहरुको संरक्षण गर्न सकिने बताएका छन्। 

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले संविधानले प्रत्याभुती गरेका नागरिक अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकार प्रयासरत रहेको बताए।

Hardik ivf

मुलुकमा नयाँ संविधान जारी भएको एक दशक बितिसक्दा पनि नागरिकहरुले संविधान पदत्त अधिकार प्राप्त गर्न नसकेको भन्दै असन्तुष्टि बढेको उनले बताए। ‘राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तन हुन केही समय पक्कै लाग्छ नै,’ उनले भने, ‘नेपालले पनि विकासको गतीमा बिस्तारै फड्को मारिरहेको छ।’ 

सबैको एकताबद्ध प्रयासमाट मात्रै मुलुकले बिकासको मार्ग पहिल्याउन सक्ने उनको विश्वास छ।

संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज भएको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले भ्रष्टाचार नियन्त्रण, सुशासन तथा स्थिर सरकार जस्ता मागहरू लिएर सडकमा आएको जेन–जी पुस्ताको प्रदर्शनपछि देशैभरि भएका आगजनी, हिंसा र लुटपाटका घटनाले गम्भीर चुनौती उत्पन्न भएको बताए। पछिल्लो घटनाक्रमले मुलुकलाई फेरी दशकौं पछाडि धकेल्ने प्रयन्न भएको उनको भनाई छ।

कँडेलले संघीयता, लोकतन्त्र, समावेशी समानुपातिक व्यवस्था लगायतका महत्त्वपूर्ण उपलब्धिमाथि प्रहार गर्ने नियतले गरिएका असंवैधानिक एवम् अराजक गतिविधिले सबै चिन्तित बन्नुपर्ने अवस्था आएको बताए।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पूर्वमुख्यमन्त्री जीवन बहादुर शाहीले संविधान जोगाएर नागरिकका अधिकारको रक्षाका लागि जेन–जी पुस्ताको मागहरु सम्बोधन गरी राजनीतिक दलहरुबीच एकता र सहकार्य जरुरी भएको बताए।
 

प्रकाशित मिति: २०:२६ बजे, शुक्रबार, असोज ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्