Kathmandu Press

साउदीमा ड्रोन आक्रमण : नेपाली नागरिकहरुको सुरक्षामा ध्यान दिन कांग्रेसको माग

कांग्रेसले निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटनाको निन्दा गर्दै नेपाल संलग्न नरहेको द्वन्द्वमा नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद र चिन्ताजनक रहेको जनाएको छ ।
साउदीमा ड्रोन आक्रमण : नेपाली नागरिकहरुको सुरक्षामा ध्यान दिन कांग्रेसको माग

काठमाडौं, कात्तिक ६ : साउदी अरबको सेवा आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।

नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको हो ।

कांग्रेसले निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटनाको निन्दा गर्दै नेपाल संलग्न नरहेको द्वन्द्वमा नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद र चिन्ताजनक रहेको जनाएको छ ।

कांग्रेस सभापति गगनकुमार थापाले घटनाप्रति दुःख व्यक्त गर्दै साउदी अरबमा कार्यरत नेपाली नागरिकको सुरक्षाका लागि थप प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन तथा आवश्यक परेमा नेपाली नागरिकको उद्धारको प्रबन्ध गर्नसमेत सरकारसँग आग्रह गरेका छन्।

नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा शोकसन्तप्त परिवारलाई यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासमेत गरिएको छ ।

प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, कात्तिक ६, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्