एमाले वरिष्ठ नेता भण्डारी चीन प्रस्थान
परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ।
काठमाडौं, कात्तिक ५ : नेकपा एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्।
चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन्।
परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ।
सो सम्मेलनलाई भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
पूर्वराष्ट्रपतिसमेत रहेकी भण्डारी आगामी सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: १६:०० बजे, बिहीबार, कात्तिक ५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











