दक्षिण अफ्रिकाका स्टार डेविड मिलरले एनपिएल खेल्ने, कर्णाली याक्समा आबद्ध
मिलरले एकदिवसीयमा ४ हजार ७६२ र टी–२० अन्तर्राष्ट्रियमा २ हजार ८०४ रन बनाएका छन्। एकदिवसीयमा उनको उच्च स्कोर १४२ र टी–२० अन्तर्राष्ट्रियमा अविजित १०६ रन हो।
काठमाडौं, कात्तिक ६ : दक्षिण अफ्रिकाकी स्टार डेविड मिलरले नेपाल प्रिमियर लिग तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्।
उनलाई अनुबन्ध गरिएको कर्णाली याक्सले औपचारिक घोषणा गरेको छ। ३७ वर्षीय बायाँहाते ब्याटर मिलर मध्यक्रममा खेल्ने गर्छन्।
मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
मिलरले एकदिवसीयमा ४ हजार ७६२ र टी–२० अन्तर्राष्ट्रियमा २ हजार ८०४ रन बनाएका छन्। एकदिवसीयमा उनको उच्च स्कोर १४२ र टी–२० अन्तर्राष्ट्रियमा अविजित १०६ रन हो। उनले एकदिवसीयमा आठ शतक र २४ अर्धशतक तथा टी–२० अन्तर्राष्ट्रियमा दुई शतक र नौ अर्धशतक बनाएका छन्।
सबैखाले टी–२० क्रिकेटमा मिलरले ५८४ खेलमा १२ हजार ४३५ रन बनाएका छन्। यस क्रममा उनले चार शतक र ५३ अर्धशतक बनाउनुका साथै ५६९ छक्का प्रहार गरेका छन्।
प्रकाशित मिति: १९:३० बजे, शुक्रबार, कात्तिक ६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1792762148.jpeg)





-1792762148.jpeg)



