Kathmandu Press

संविधानलाई दोष दिएर गल्ती गर्ने छुट कसैलाई छैन : देवकोटा

‘हामीले आफ्नो अनुहारमा धुलोमैलो परेको बेला ऐना पुछ्नु हाम्रो गल्ती नचिन्ने हो। गल्तीहरू बारम्बार दोहो¥याउनु मूर्खता सिवाय केही होइन,’ उनले भने।
संविधानलाई दोष दिएर गल्ती गर्ने छुट कसैलाई छैन : देवकोटा

मकवानपुर, असोज ३ : बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान कार्यान्वयनमा देखिएका त्रुटि र कमीकमजोरीहरूलाई संविधानको दोष ठहर गर्नु उचित नहुने बताएका छन्। 

संविधान दिवस २०८२ को अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले यसका लागि दलहरूले जिम्मेवारी लिनुपर्ने र आफ्नो कमजोरी स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्।

‘हामीले आफ्नो अनुहारमा धुलोमैलो परेको बेला ऐना पुछ्नु हाम्रो गल्ती नचिन्ने हो। गल्तीहरू बारम्बार दोहो¥याउनु मूर्खता सिवाय केही होइन,’ उनले भने।

प्रदेश प्रमुख देवकोटाले जनताको बलिदानबाट प्राप्त संविधानलाई केवल कानुनी दस्तावेज नभई जनभावनाको प्रतिनिधि सजीव प्राणी भएको उदाहरणसमेत प्रस्तुत गरे।

प्रदेश प्रमुख देवकोटाले संघीय लोकतान्त्रिक गणतन्त्र, जनतामा निहित सार्वभौमसत्ता र मौलिक अधिकारहरूको संरक्षण संविधानले गरेको उल्लेख गर्दै वर्तमान संविधान न्यायपूर्ण र समतामूलक समाजको रक्षक भएको बताए।

कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले स्वाभिमान, स्वाधीनता, सुशासन, पारदर्शिता, मितव्ययिता र जबाफदेहितालाई अघि राखेर आम जनताले प्रत्यक्ष महसुस गर्ने परिणाममुखी कार्यहरूमा जोड दिन सबै तहका व्यक्तिहरूलाई आग्रह गरे।
 

प्रकाशित मिति: १२:३७ बजे, शुक्रबार, असोज ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्