Kathmandu Press

१५ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा एक पक्राउ

सिरहा, कात्तिक ३० : १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कल्याणपुर नगरपालिका–४ बैरिया बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।किशोरीले...
१५ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा एक पक्राउ

सिरहा, कात्तिक ३० : १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कल्याणपुर नगरपालिका–४ बैरिया बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

किशोरीले आफ्नै खेतमा एक्लै धान काटीरहेको अवस्थामा ती किशोरले जबरजस्ती करणी गर्नुका साथै १ थान मोबाइल, नगद ७ हजार ५ सय रुपैयाँ र ५ तोला बराबरको चाँदीको ब्रास्लेट १ थान समेत खोसी लगेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।     

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: १३:२७ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्