Kathmandu Press

चितवन प्रहरीले पनि लियो रवि र छविसहित १० जनाविरूद्ध पक्राउ पुर्जी

जिला अदालतल चितवनले शुक्रबार लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक समिति सदस्य छबिलाल जोशीसहित १० जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
चितवन प्रहरीले पनि लियो रवि र छविसहित १० जनाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं, मंसिर ७ । सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिला अदालतल चितवनले शुक्रबार लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक समिति सदस्य छबिलाल जोशीसहित १० जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति दिएका हुन्।

Hardik ivf

चितवनको सहारा चितवन सहकारीका २४ जना पीडितहरूले उनीहरूविरूद्ध पूरक जाहेरी दिएका थिए।

साहारा चितवन सहकारीबाट गोर्खा मिडियासहित ५ कम्पनीमा रकम पठाइएका संस्थाका सञ्चालक तथा पदाधिकारीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको चितवन प्रहरीले जनाएको छ।

यसअघि पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा पक्राउ गरी उनीहरूलाई कास्की लगिएको थियो।

कास्कीमै रहँदा उनीहरूविरूद्ध रूपन्देही अदालतले पनि पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि उनीहरूलाई रूपन्देही लगेर बयान लिई पुनः पोखरा फर्काइएको थियो।

पोखरामै हुँदा काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको थियो। काठमाडौंको स्वर्णलक्ष्मी सहकारको बचत अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो।

पुर्जी जारी भएपछि कुमार रम्तेल र छबिलाल जोशीलाई काठमाडौं ल्याएर बयान लिइसकेको छ। लामिछानेलाई पनि काठमाडौं ल्याउने तयारी गरिएको छ।

प्रकाशित मिति: १९:५२ बजे, शुक्रबार, मंसिर ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्