राष्ट्रपति पौडेलद्वारा बडादशैंमा नवकन्याको पूजाअर्चना
बडादशैंका अवसरमा नवदुर्गाको अवतारस्वरुप राष्ट्र प्रमुखले नवकन्याहरुको (९ कन्या) पूजाअर्चना गर्ने परम्परा छ ।
काठमाडौं, कात्तिक ३ : राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गरेका छन् ।
बडादशैंका अवसरमा नवदुर्गाको अवतारस्वरुप राष्ट्र प्रमुखले नवकन्याहरुको (९ कन्या) पूजाअर्चना गर्ने परम्परा छ ।
सोही परम्परा अनुरुप राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार नवकन्याहरुको पूजाअर्चना गरेका हुन् ।
दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजाअर्चना गर्ने गरिन्छ । सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाइ उपहारसमेत प्रदान गरेका थिए ।


प्रकाशित मिति: ११:४४ बजे, मंगलबार, कात्तिक ३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











