जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोग
लुम्बिनी प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएपछि निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब दुई लाख आर्थिक सहयोग पाउने भएका हुन।दाङ, मंसिर ७ : लुम्बिनी प्रदेशले जटिल रोग लागेका बिरामीलाई २ लाख रुपैयाँ दिने भएको छ।
लुम्बिनी प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएपछि निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब दुई लाख आर्थिक सहयोग पाउने भएका हुन।
प्रदेशका १२ जिल्लाका स्वास्थ्य कार्यालय मार्फत मुटुको भल्व फेर्ने, क्यान्सर उपचार र मिर्गाला प्रत्यारोपण गर्ने बिरामीलाई दृष्टिगत गरी संशोधित निर्देशिका कार्यान्वयनमा आएको हो।
निर्देशिका कार्यान्वयनमा आएपछि एउटा सिफारिस बनाउनकै लागि स्वास्थ्य सेवा निर्देशनालय धाउनुपर्ने बाध्यताको अन्त्य गरिएको र यसबाट बिरामी र उनीहरुका परिवारका सदस्यहरुलाई सहज भएको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए।
यसअघि प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै आएको थियो। अबदेखि सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयबाट सिफारिस गर्ने व्यवस्था मिलाइएको प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताए।
लुम्बिनी प्रदेश सरकारले मुटुको भल्ब फेर्न, क्यान्सरको उपचार र मिर्गाैला प्रत्यारोपणका लागि एक जना बिरामीलाई दुई लाख सहयोग गर्ने व्यवस्था गरेको छ।