अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान
सम्मानित खेलाडीलाई गाउँपालिका अध्यक्ष तिवारी, उपाध्यक्ष सपना गुरुङ, प्रकाशकीय अधिकृत कौशल पाण्डेले संयुक्त रुपमा सम्मान गरे ।स्याङ्जा, मंसिर ६ : स्याङ्जाको अर्जुनचौपारी गाउँपलिकाले युएईमा हालै सम्पन्न महिला यु–१९ टी–२० विश्वकपका छनोटमा उपाधि जितेका स्याङ्जाका तीन खेलाडीलाई सम्मान गरेको छ ।
विहिबार शुरु भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महोत्सवको अवसर पारेर गाउँपालिकाले पुतलीबजार नगरपालिका–१ की ज्योत्सिना मरासिनी, १३ की सीमाना केसी र कुसुम गोदारलाई जनही नगद रु १५ हजारसहित सम्मान गरेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
कार्यक्रममा क्यान स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई सम्मानपत्रले सम्मान गरिएको थियो । सम्मानित खेलाडीलाई गाउँपालिका अध्यक्ष तिवारी, उपाध्यक्ष सपना गुरुङ, प्रकाशकीय अधिकृत कौशल पाण्डेले संयुक्त रुपमा सम्मान गरे ।
मङसिर –८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाको ३३ विद्यालयका नौ सय विद्यार्थीको सहभागिता रहने छ ।
प्रकाशित मिति: २१:५८ बजे, बिहीबार, मंसिर ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालमा मनाइने पर्वले सामाजिक सद्भावना बढाउँदै सुमधुर सम्बन्ध कायममा सघाउँछ : सभापति देउवामंगलबार, माघ १, २०८१
एसईई परीक्षाको तालिका सार्वजनिकमंगलबार, माघ १, २०८१
आजको मौसम : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावनामंगलबार, माघ १, २०८१
राष्ट्रपति पौडेलद्वारा माघे सङ्क्रान्तिको शुभकामनामंगलबार, माघ १, २०८१