Kathmandu Press

पाँचखाल नगरप्रमुख र इजरायली राजदुत गोडरबीभ भेटवार्ता, कृषिका बारेमा छलफल

पाँचखाल नगरप्रमुख र इजरायली राजदुत गोडरबीभ भेटवार्ता, कृषिका बारेमा छलफल

काठमाडौं, कात्तिक ७ : काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेल र नेपालका लागि इजरायली राजदूत हनान गोडर बीच भेटवार्ता भएको छ ।

राजदूत गोडरले मेयर खरेललाई पाँचखाल स्थित नगरपालिकाकै कार्यालयमा पुगेर भेटेका हुन् । भेटमा कृषि क्षेत्रमा दुई पक्षीय साझेदारीका बिषयमा छलफल भएको मेयर खरेलले बताएका छन् ।  ‘इजरायल र पाँचखाल नगर बीच कृषि क्षेत्रलाई आधुनिकिकरण र नयाँ प्रबिधी भित्र्याउने बिषयमा छलफल भयो । केहि समयमानै यसले मुर्त रुप लिनेछ । चाँडै नै नगर र इजरायली राजदुतावास बिचमा समझदारी हुदैँछ’ मेयर खरेलले भने । भेटमा कृषकलाई कसरी समृद्ध बनाउने भन्ने विषयमा छलफल समेत भएको थियो ।

Hardik ivf

साथै इजरायलले पाँचखालका किसानहरुलाई आधुनिक खेति प्रणली तथा प्ररम्परागत खेति भन्दा नगदेबालीका विषयमा तालिम समेत दिईने विषयमा कुराकानी भएको मेयर खरेलले जानकारी दिए । पाँचखाल नगरपालिकाले बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । पाँचखाल नगर कृषि शहर मुल मन्त्र बनाएर नगरपालिकाले काम गर्दै आईरहेको छ ।

पाँचखाल नगरपालिका ताजा तरकारी र अन्न उत्पादनका हिसाबले काभ्रे जिल्लाकै सबैभन्दा राम्रो क्षेत्र मानिन्छ । तर सिंचाई अभावमा सोचेजति किसानले आम्दानी लिन भने सकेका छैनन्। कृषिमा इजरायली प्रविधि, ज्ञान र सीप विश्वमै उत्कृष्ट मानिन्छ । त्यहि प्रविधिलाई पाँचखाल जस्तो उर्वर भूमिमा प्रयोग गर्न सके अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय तरकारी र फलफूल उत्पादनमा सकिने मेयर खरेलको विश्वास छ।

प्रकाशित मिति: २१:५३ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्